न्युयोर्क — फागु पुर्णिमाको अवसरमा मनाउदै आएको आएको फागु होलि न्युयोर्कमा पनि विविध कार्यक्रमको साथ मनायो । तराई भेगका विभिन्न समुदायले विशेष पर्वको रुपमा मनाउदै आएको होलि कार्यक्रम न्युयोर्कमा एसोसियसन अफ तराइन इन अमेरिका एन्टाले आयोजना गरेका थिए ।
न्युयोर्कस्थित महाबाणिज्यदुताबासको महाबाणिज्यदुत नारायण प्रसाद मैनालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तिलक श्रेष्ठ, विमल ढांगी, राजेन्द्र राई, बसन्ती राई, रुकमनि शाह र कुगेश्वर शाहले गीत गाएका थिए भने दर्जनौ कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
एन्टाका अध्यक्ष अरविन्द सिंहको सभापतित्वमा भएको कार्यक्रममा बाणिज्यदुत कृषु क्षेत्री, उपबाणिज्यदुत प्रविण भट्टराई, आदीवासी जनजाती महासंघ फिफनाका अध्यक्ष लुइसाङ वाइवा, जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ठ लगायत अन्य विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा उपस्थित सहाभागीहरुले एक आपसमा अविर लगाई होलिको शुभकामना दिएका थिए ।
No comments:
Post a Comment