Saturday, March 26, 2016

बाल्टिमोरमा वर्ल्ड नेवा अर्गनाइजेसनको दोश्रो अधिवेसनको समुद्घाटन कार्यकम सम्पन्न

IMG_8195

मार्च २६ ,अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा वर्ल्ड नेवा अर्गनाइजेसनको दोश्रो अधिवेसनको समुद्घाटन कार्यक्रम झाकी प्रदर्शनको सुरुवात सहित भव्यताको साथ सम्पन्न भएको छ l

IMG_8147

समुद्घाटन कार्यक्रममा नेपाली ,अंग्रेजी तथा नेवा समुदायको राष्ट्रिय गित बजाईएको थियो lकलाकार यज्ञ मान शाक्य तथा लोचनि तारा शाक्यले गणेश बन्धना तथा बासव राजोपाध्यायले स्वस्ति वाचनको साथै नेपालमा भूकम्पमा जीवन गुमाएकाहरुको लागि आत्माको शान्तिको कामना गर्नु भयो l

IMG_8223

यस अधिवेसनको समुद्घाटन नेपाल बाट आउनु भएका प्रमुख अतिथिहरुमा सुन्दर के मल्ल तथाअमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले गर्नु भएको थियो l

IMG_8220

नेपाल बाट आउनु भएका सुन्दर के मल्लले मन्तब्य राख्दै नेवा समुदाय अल्पमतमा छ तर पनि हाम्रो पहिचान अद्वितीय र पृथक छ भन्नु भयो l यसमा हामी दुख छैन भन्नु भयो l यसै गरि राजदुत डा अर्जुन कुमार कार्कीले नेपाल सरकार तथा राजदुताबासको तर्फ बाट सफलताको शुभकामना दिदै नेवा समुदायले संस्कृति ,कला तथा भाषामा गरेको योगदानको सराहना गर्नु भयो l

IMG_8189

नेपालबाट आउनु भएका राप्रापा नेपालका प्रवक्ता राजेन्द्र राम श्रेष्ठ ,म्यारिल्याण्ड राज्यका राज्यका सिनेटर ,डा ज्योति तुलाधर ,गोरखापत्रका प्रधान सम्पादक पुस्कर भक्त माथेमा ,म्यारील्याण्ड तथा पेनसेलभेनिया का लागि महा बाणिज्य दुत प्रेम राजा महतले शुभकामनाको साथै मन्तब्य राख्नु भएको थियो l

IMG_8176

यसै गरि वर्ल्ड नेवा अर्गनाइजेसन अध्यक्ष डा बाल गोपाल श्रेष्ठले संस्थाका बारेमा जानकारी दिदै नेवा समुदायका बारेमा केहि कुरा राख्नु भएको थियो l वहा नेदरल्याण्ड बाट आउनु भएको हो l नेपाल आदिबासी जनजाती संघका अध्यक्षले लुइसाङ्ग वाइबाले शुभकामना सहित मन्तब्य राख्दै आफुले आज नेपालको पहिचानलाई सम्बोधन गरेको बताउनु भयो l

12524135_1017889271631366_872692208262784723_n

यसै गरि डब्लुएनओका महा सचिब डा नारायण राज भण्डारीले संस्थाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष स्वयम्भु तुलाधर पोर्चुगल संस्थाको आर्थिक प्रतिबेदन दिनु भएको थियो l

12439457_1017855304968096_4134799784094038301_n

दोश्रो अधिवेसनको आयोजना वर्ल्ड नेवा अर्गनाइजेसनले डिसी महानगर क्षेत्रका नेवा समुदायका सशक्त तथा क्रियाशील नेपा पास पुचःअमेरिकाय(एनपीपीए) तथा नेवाः अर्गनाइजेसन अफ अमेरिका (एनओ ए ) को सहयोगमा भै रहेको छ l

IMG_8187 (2)

कार्यक्रमको लागि करिब एघार वटा बिभिन्न मुलुकहरुमा क्यानडा ,रसिया ,नेपाल,बेल्जियम ,जापान ,कतार ,बेलायत, पोर्चुगल ,नेदरल्याण्ड ,भारत ,अस्ट्रेलिया तथा अन्य देशबाट सहभागीहरु आएका छन् l

12718319_1017855278301432_213930224013235684_n

दोश्रो वर्ल्ड नेवा अर्गनाइजेसनको तीन दिन सम्म चल्ने अधिवेसनमा हिजो मार्च २५ तारिख शुक्रबार अतिथिहरुको आगमन ,दर्ता प्रक्रिया ,भेटघाट तथा रात्री भोजनको कार्यक्रम गरिएको थियो l

IMG_8192

वर्ल्ड नेवा अर्गनाइजेसनको पहिलो अधिवेसनको लन्डनमा २०११ मा भएको थियो भने २०१६ मा अमेरिकाको बाल्टिमोरमा दोश्रो अधिवेसन भै रहेको छ l

IMG_8195 (2)

वर्ल्ड नेवा अर्गनाइजेसन दोश्रो अधिवेसनका प्रमुख संयोजक दयारत्न शाक्य तथा उप संयोजक सिजन श्रेष्ठले पनि मन्तब्य राखेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...