Tuesday, March 22, 2016

जोशीको निधनले टेक्सस स्तब्ध

news-photo-saraoj

डयालस (अमेरिका), २१ मार्च I टेक्सासको नेपाली समाजका सक्रिय समाजसेवी, युवा उद्ध्यमी सरोज जोशीको ५२ बर्षको उमेरमा आज बिहान असामयिक निधन भएको छ I सबैका प्रिय, मृदुभाषी, सहयोगी र सरल व्यक्तित्व जोशीलाई आकस्मिक रुपमा गुमाउनु पर्दा स्थानिय नेपाली समाज स्तब्ध एवं शोक सन्तप्त बन्न पुगेको छ I सरोज जोशीको देहान्त भएको समाचार पाउने बितिक्कै ड्यालस- फोर्टवोर्थ लब्ध प्रतिष्ठित नेपालीहरु ठुलो संख्यामा अस्पताल र जोशी निवास वेदरफोर्टमा जम्मा भएका थिए I

२३ अगस्ट १९६४ मा संखुवासभा, चैनपुरमा जन्मनु भएका जोशी १९९६ मा नेपालबाट अमेरिका आउनु भएको थियो I २००६ मा फ्लोरिडाबाट टेक्सास सर्नु भएका जोशी यहाको नेपाली ब्यबसायीहरुमा अग्रस्थानमा हुनुहुन्थ्यो I नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (नेपाली मन्दिर, ड्यालस) को वोर्ड अफ ट्रस्टी सदस्य समेत रहनु भएका सरोज जोशीले समाजसेवा तथा अन्य सामुदायिक कार्यहरुमा उल्लेखनीय योगदान पुर्याउदै आउनु भएको थियोI उहाँ बिदेशमा रहेर राम्रो आर्जन गरेर पनि स्वदेश प्रतिको कर्तब्य निर्वाह गर्न सधैँ अगाडि सर्नुहुन्थ्यो I

नेपालमा गएको विनाशकारी भुकम्प होस् वा भारतले लगाएको नाकाबन्दी, नेपाल र नेपालीलाई सहयोग गर्ने श्री जोशीको भूमिका अत्यन्त प्रेरणादायी रहेको थियो I

स्वर्गीय जोशीको परिवारमा श्रीमती सविना जोशी एवं दुई सन्तान सबिन जोशी (छोरा) र सरिना जोशी (छोरी) छन् I

39516_451573073287_3171449_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...