Wednesday, March 2, 2016

इन्डोनेसियामा ७.८ म्याग्निच्युडको भूकम्पको धक्का

indonesiya-1024x724जाकार्ता (इन्डोनेसिया), १९ फागुन । इन्डोनेसियाको पश्चिमी सुमात्रा टापुमा बुधबार ७.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको इन्डोनेसियाका अधिकारीले जनाएका छन् ।

भूकम्पपछि पश्चिम र उत्तर सुमात्रा टापु वरपरका स्थानमा सुनामी आउन सक्ने भन्दै घर बाहिर रहेका सबै नागरिकलाई सुरक्षितस्थलमा रहन इन्डोनेसिया सरकारले आग्रह गरेको छ ।

भूकम्पको इपिसेन्टर जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइबाट आएको र भूकम्पको झट्का इन्डोनेसिया र यसका छिमेकी देशमा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट मानवीय क्षति भए नभएकोबारे यो समाचार तयार पार्दासम्म कुनै रिपोर्ट आइनसकेको इन्डोनेसियाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...