Tuesday, March 22, 2016

हिन्दू राष्ट्रबारे गगन थापाले मुख खोले, खुमबहादुरलाई ठाडो चुनौति

Gagan-Thapa-Khumbhadur-Khakda

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका युवा नेता गगन थापाले हिन्दू राष्ट्रबारे मुख खोलेका छन् । १३ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि आफ्नो एक अन्तर्वार्तामा उनले नेपाल अब कुनै हालतमा हिन्दू राष्ट्र हुननसक्ने ठोकुवा गरेका छन् । उनले जनआन्दोलनका उपलब्धि खोस्ने प्रयास भए त्यसकाविरुद्ध चरणबद्ध संघर्ष गरिने चेतावनी दिए । कांग्रेसमा दोस्रोमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित नेता खुमबहादुर खड्काले खुल्मखुल्ला हिन्दू राष्ट्र बनाएरै छाड्ने घोषणा गरेका बेला युवा नेता थापाले भने परिवर्तनलाई कुल्चिन नदिने घोषणा गरेका हुन् । नेता थापाले भनेका छन- ‘जनआन्दोलनका उपलब्धिलाई खोस्ने प्रयास भए त्यसका विरुद्धमा खुला संघर्ष गरिनेछ । मरिन्छ, बरु नेपाललाई अब पछि फर्काउन दिइन्न ।’ नेता खड्काले सार्वजनिक रुपमै हिन्दू राष्ट्रलाई कांग्रेसको एजेण्डा नै बनाउने भन्दै केन्द्रीय समिति र महासमितिबाट पास गराउने उदघोष गरेपछि थापाले कांग्रेसको मूल नेतृत्व नै लागे पनि त्यसकाविरुद्ध लडिन्छ भनेका छन् । थापाले राजसंस्था फर्किने कुनै सम्भावना नरहेको बताए । ‘गणतन्त्र, संघीयता र धर्मनिरेपक्षतालाई कसैले परिवर्तन गर्न सक्दैन् । गर्ने प्रयास गरे प्रतिकार गर्छाै ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...