Friday, March 25, 2016

रतन सुबेदीको “बत्ति बालेर ‘गितको तहल्का

Ratan-Subedi-630x426

कलाकार रतन सुबेदीले नेपाली गीत संगीतको पारखीहरूको लागि २०७२ को होलीको शुभ साइतमा ‘बत्ति बालेर ’ शीर्षकको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् l ‘वत्ति बालेर ‘ १८ वर्ष अगाडी रतन सुबेदीले गएको अति लोकप्रिय गीत हो l २०५४ साल तिर हरेक रेडियोमा सर्वाधिक बजेको ‘यो वत्ति बालेर’ गीत अधिकांस सांगीतिक कार्यक्रममा बेजोडले चल्दथ्यो l यस गीतले रतन सुबेदीको चर्चा परिचर्चा र उनको ख्याती झन् आकासिएको थियो l

रतन सुबेदीले र्याप शैलीको यो गीतलाई पुनः नयॉ संगीत सम्पादन गरी पुन: स्वराकंन गरेका छन्। छ एकान छ चलचित्र कि नायिका नीता ढुगांना तथा मायज बार का नायक गजित विष्ट अभिनीत यस गीतलाई दिनेश डिसीले निर्देशन गरेका हुन् । र स्वयम् दिनेश डिसी पनिको अभिनय रहेको छ l

सुमन कोइरालाको छांयाकन, किरांत विन्द्रको नृत्य निर्देशन नन्दा अधिकारीको श्रृगांर र नहकुल खडकाको सम्पादन रहेको यो गीतले तहल्का मचाउदै छ l कलाकार रतन सुबेदी अमेरिकाको बाल्टिमोरलाई आफ्नो कर्म थलो बनाउदै आएका छन l अमेरिकामा बसी रहेता पनि बिभिन्न कार्यक्रमको लागि अमेरिकाका बिभिन्न राज्यहरुको साथै अन्य देश पनि जाने गरेका छन् l

उनले भने १८ बर्ष पछि निकाल्नुको पछाडी श्रोता ,प्रशंसक ,शुभचिन्तकले श्रब्य दृश्य (भिडियो )निकाल्न पहिला देखि नै अनुरोध गरेकोले साईत बल्ल जुरेकोएले गीत निकालेको रतन सुबेदीले ईनेपलिज लाई बताए l र ,यस गितको छायांकन काठमाडौँमा गरिएको रतन सुबेदीले बताए l

एक हेर्ने पर्ने यो गीत :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...