Friday, March 4, 2016

गामबेसीको चेपाङ संरक्षणमा खाद्यायान्न सहयोग

DSCI3346
फागुन २१ गते
भरतपुरमा रहेको नौरिस नेपाल नामक संस्थाले रत्ननगर १० मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई आज खाद्यान्न एवं सिलाई र इन्टर लक मेसिन सहयोग गरेको छ । अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका नेपालीहरुको संस्था ‘सहयोेग गरौै, शिक्षित बनाऔ’ं मार्फत वलराम घिमिरे र सुनिता घिमिरेको पहलमा संकलन भएको ६० हजार रुपियाले सामग्री खरिद गरि पठाएको हो । नौरिस नेपालका अध्यक्ष मधुसुदन सुवेदी, सचिव प्रकास सापकोटा ,सदस्यहरु दिपक सापकोटा र निमेस सापकोटाको टोली केन्द्रमा पुगी सो सामग्री हस्तान्तरण गरेको हो । केन्द्रमा मकवानपुर ,चितवन र धादिङका १ सय ४० जना चेपाङ बालबालिका अश्रित रहेका छन ।

DSCI3344

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...