Wednesday, March 30, 2016

सरकारको छ महिनाको समीक्षा हुन्छ: अध्यक्ष थापा

हेटौँडा, १७ चैत । राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधान, परराष्ट्र, स्थानीय विकासमन्त्री कमल थापाले आफ्नो पार्टीले सरकारलाई अप्ठ्यारो बनाउने कुनै कार्य नगर्ने बताउनुभएको छ ।

आज यहाँ राप्रपा नेपालको हेटौँडा नगर परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले वीरगन्जमा भोलिदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्य समिति बैठकमा वर्तमान सरकारको छ महिनाको अवधिको समीक्षा गरिने बताउनुभयो ।

उहाँले सरकार नाकाबन्दीबाट सिर्जित नेपाल–भारत सम्बन्धलाई सामान्यीकरण गर्न सफल भएको, आगामी दुई वर्षभित्र विद्युत् कटौती अन्त्य गर्ने, जनसहभागितामा सौर्य बत्ती जडान गर्ने देशव्यापी कार्यक्रम ल्याइएको, चीनसँग पारवहन तथा यातायात सम्झौतालगायत महत्वपूर्ण सम्झौता गर्न सफल भएको र यसबाट आउँदा दिनमा पूर्वाधार एवम् आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभयो ।

सो अवसरमा सांसद गणेश थापा तथा केन्द्रीय सदस्यद्वय दीपकबहादुर सिंह र मधु अधिकारीले पार्टी गतिविधिबारे प्रकाश पार्नुभएको थियो । परिषद्ले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...