Wednesday, March 2, 2016

एनसेल एप्सबाट ठगी गर्ने पाँच पक्राउ

Ncell-Thagiपाँचथर, १९ फागुन । एनसेलको एप्स प्रयोग गरी ठगिने क्रम रोकिएको छैन । विभिन्न व्यक्तिलाई एनसेलबाट पुरस्कार परेको भन्दै जानकारी दिएर केही रकम जम्मा गर्न लगाउँदै एनसेल नम्बरबाट फोन गरी रकम असुल्ने गिरोहमध्येका पाँच जनालाई आज जिल्ला प्रहरी कार्यालय पाँचथरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाका जाकिर हुसेन र महमताप आलम र भारतीय नागरिक वलीउलाह छन् । यसैगरी दुई हप्ताअघि मात्रै एनसेल एप्सबाट ठगी गरेको भन्दै पाँचथर प्रहरीले झापा गौरादहका प्रकाश दाहाल र मोरङ पथरीका मेघनाथ अधिकारीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ठगहरुबाट करिब एक लाख ४६ हजार नगद, मोबाइल सेट र बैंक एटिएम कार्डलगायतका सामान बरामद गरिएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।

ठगी गर्ने गिरोहका प्रमुख योजनाकार नेपालमा नभएको र उसको खोजीका लागि विशेष अनुसन्धान सुरु गरिएको पनि कोइरालाले जानकारी गराउनुभयो ।

उनीहरुले एनसेलको विभिन्न नम्बरबाट पुरस्कार परेको र केही रकम तुरुन्त जम्मा गर्नु अनि पुरस्कार लिन आउनु भन्दै सर्वसाधारणबाट ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध ठगीको मुद्दा दायर गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...