Monday, March 28, 2016

एन आर एन भेला क्यालगरीमा,सर्वाधिक चासो नेपालमा

यही मार्च २६ का दिन क्यानाडाको क्यालगरी सिटीमा सम्पन्न विभिन्न स्थानीय नेपाली संघ संस्थाहरूका प्रतिनिधिहरूको भेलाले प्रवासी नेपाली समुदायका बिभिन्न चासो र समस्याका बिषयमा गहन बिचार विमर्श गरेको समाचार प्राप्त हुन आएको छ ! गैर आवासीय नेपाली संघ क्यानडाको क्षेत्रीय कमिटीको आयोजनामा भएको उक्त भेलामा बिभिन्न संस्थाका प्रतिनिधिहरू – “ क्यालगरी नेप्लीज कम्युनिटी एशोसिएसन”का प्रेम गुरुङ,” नेप्लीज कम्युनिटी सोसाइटी अफ् क्यालगरी” का राजेन्द्र गौतम,” नेपाल क्यानेड़ीयन सोसाईटी अफ् एड्मन्टन”का रामेश्वर अधिकारी-एन आर एन केन्द्रीय सदस्य,”नेपाली साहित्य समाज,क्यालगरी” का भीम अर्याल,एन आर एन क्यानडा अल्बर्टाका क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य नारायण पोख्रेल र एन आर एन क्यानडा केन्द्रिय सदस्य बिभु ओझा,सल्लाहकार राजेन्द्र प्रसाद प्रसाई समेतको सहभागिता र मन्तब्य रहेको थियो !

भेलामा एन आर एन क्यानडाका राष्ट्रिय समन्वय परिषदका प्रेसिडेन्ट तुल्सी प्रसाद सापकोटाबाट विचार विमर्शका लागि प्रस्तुत हुन आएको एन आर एन क्यानडाको क्षेत्रीय कमिटीको भावी उद्देश्य, बनोट र क्रियाकलाप सम्बन्धी प्रपोजल माथि छलफल हुनुको साथै गैर आबासीय नेपालीहरूको नेपाल सम्बन्धी आम चासो र सरोकारका बिषयमा गहन छलफल भएको थियो ! त्यस्तै गरी एन आर एन क्यानडाका भाइस प्रेसिडेन्ट तथा भाषा साहित्य र प्रकाशन बिभागका संयोजक सुरेन उप्रेतीको अग्रसरतामा, नेपालका सबै सांस्कृतिक चाडपर्ब,तिथि मिति र एन आर एन गतिबिधि समेत उल्लेख भएको एन आर एन क्यालेण्डर(२०७३/2016)तयार गरिएको जानकारी गराउंदै सो को बिक्रि बितरण गरी संस्थागत आय आर्जन गर्न जानकारी गराइएको थियो !

भेलाले, गैरआवासीय नेपालीहरूकालागि राजनीतिक अधिकार बाहेकका अन्य अधिकारहरू यथावत रहने गरी नेपालको नयाँ संविधान जारी भैसकेकोमा प्रशन्नता प्रकट गर्दै अब संबिधान अनुसारको नागरिकता ऐन संशोधन गरी हालको नागरिकता नम्बर नै कायम हुने गरी गैर आवासीय नेपाली नागरिकता सरल र सहज रुपमा प्रदान हुने अपेक्षा गरेका थिए ! प्रवासी नेपालीकालागि नेपालमा अनुकूल कानूनको निर्माण भए पछि नेपालमा लगानी प्रबर्ध्दन गर्न अझ सहज र सरल हुने कुरामाथि सहभागीहरूले प्रकाश पारेका थिए !

 समाचार संकलन तथा सम्प्रेषण –राजेन्द्र प्रसाद प्रसाई, सल्लाहकार –एन आर एन क्यानडा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...