Tuesday, March 22, 2016

ब्रशेल्स घटना लाई टिभी बाट नियाल्दा :

 

ramsharan

रगत ले रङगिएका अनुहार हरु
अंग भंग र क्षत् बिक्षत
मान्छेका लास हरु
आह ऐेया र आत्थाका चित्कारहरु
बाच्ने आसामा उठेर हिडन छ्टपटाउदै
फेरी भुँइमै ढलेका घाइते हरु ।

आमाको काखमा रमाइरहेका
साना नानीहरु र
एक हातमा नानी
अनी अर्कोहातमा दुध र
बेबी फुडको झोला
च्यापेका आमाहरु
सहारामा हिडिरहेका बाआमा हरु
जीवन यात्रा मा लम्किरहेका
प्रौढ र युवा युवती हरु
चकानाचुर भए सबै सपनाहरु
झ्यापै निभे आसाका कैयन दियोहरु ।

भन्थे आततायी हरुसँग
समवेदनसिल हृदय हुँदैन
कुनै दुख्ने मन हुँदैन
कुनै देश हुँदैन
र हुँदैनन आफन्ति र कुनै नातागोता
यस्तै देख्छु टिभी का लाइभ दृश्यहरुमा ।

रगतको होलिमा रमाउने
हे आतंककारीहरुहो
जवाफ देउ मलाई
के अपराध थियो र
किन जीवन गुमाउनुपर्‍यो
ति निमुखा र निहत्था मान्छेहरुले ?।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...