Saturday, March 5, 2016

डिसीमा अमेरिका नेपाली सोसाइटीले यसरि मनायो महिला दिवस

उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस बर्ष को अन्तर्राष्ट्रिय महिला दिवस बिशेष शैलीमा आयोजना गरि नौलो उदाहरण प्रस्तुत गरेको छ l

डिसी क्षेत्रमा हरेक बर्ष अमेरिका नेपाल महिला संघले आयोजना गर्दै आएता पनि यसपाली डिसी महानगर क्षेत्रको अग्रणी संस्था अमेरिका नेपाल सोसाइटीले उछिनेको छ l कार्यक्रममा संस्था कि कोषाध्यक्ष यशोदा भण्डारीले कार्यक्रमको प्रकरण बारे मन्तब्य राखेकी थिइन् भने उन्ले कार्यक्रम संचालन गरेकी थिइन् l मन्तब्य दिने क्रमममा मनासस शहरका परिषद का परिषद सदस्य मार्क टी एवेनीले महिला दिवसको शुभकामना दिदै अमेरिका अवसरको भुमि हो भने l उनले १९५० मा मेरो आमा बुवा ईटाली बाट अमेरिका आएको र उनका सन्तान म आज यहाँ परिषद सदस्य भएको छु भने l उनले थप जानकारी दिदै बिशेष गरि युवा वर्गलाई ठुलो मौका पाउने छन् भन्दै यस्तो अवसर नेपाली समुदायले पनि पाउने बताए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...