Saturday, March 5, 2016

जनएकता सहकारीमा पुनः लामिछाने चयन

janaekta1
रत्ननगर २२ फागुन ।
जनएकता उपभोक्त सहकारी संस्था लिमिटेड, कालिका नगरपालिका–७, खोलेसिमलको अध्यक्षमा पुनः ओम प्रसाद लामिछाने चयन भएका छन् । आज शनिबार भएको संस्थाको ७औं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले उपाध्यक्षमा रघु सापकोटा, सचिव नन्दलाल लामिछाने, कोषाध्यक्ष केदार तिवारीलाई चयन गरेको छ । समितिको सदस्यमा रामकृष्ण लम्साल, भीमप्रसाद खनाल, द्रोणाचार्य रेग्मी, कविता लामिछाने र विष्णु बहादुर ढकाल चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजक लक्ष्मी नारायण चौलागाई, सदस्यहरु धर्मदत्त तिवारी र खगेश्वर रेग्मी चयन भएका हुन् ।

janaekta2 संस्थाको वार्षिक साधारण सभामा कोषाध्यक्ष केदार तिवारीले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य द्रोणाचार्य रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सभासद् धनिराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्रतिनिधि राजेन्द्र प्रसाद ढकाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका सभापति गणेश शर्मा पौडेल, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, नेपाली कांग्रेस कालिका नगर सभापति राजु श्रेष्ठ, नेकपा एमाले कालिका नगर प्रतिनिधि बिनोद रेग्मी, एमाओवादी क्षेत्रीय सदस्य दिवश पाण्डे, नयाँ शक्ति अभियानका तुल बहादुर विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

janaekta3संस्थाका उपाध्यक्ष लेख बहादुर भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाका अध्यक्ष ओम प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

janaekta4 janaekta5

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...