Thursday, March 24, 2016

दुई महिलाले सघाए भूकम्पपीडितलाई

पोखरा, १२ चैत । यहाँका दुई समाजसेवी महिलाले रु २० लाख ७० हजार ९१३ सङ्कलन गरी भूकम्पपीडितलाई वितरण गरेका छन् ।

समाजसेवी द्वय रुद्रकुमारी गुरुङ र लक्ष्मीदेवी गुरुङले विदेशमा रहेका आफन्तसँग सम्पर्क गरी सहयोग जुटाएर वैशाख १२ र २९ गते गएको भूकम्पबाट घर क्षति भई उठीबास भएका पीडितहरुलाई नगद र जिन्सी सहयोग गरेको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

अमेरिका, बेल्जियम, नर्वे, बेलायतमा बस्दैआएका नेपाली र स्थानीय सहयोगदाताबाट लक्ष्मीदेवीले रु १० लाख ७३ हजार ४०५ र रुद्रकुमारीले रु नौ लाख ९७ हजार ५०८ सहयोग सङ्कलन गर्नुभएको भएको थियो ।

भूकम्पबाट बढी क्षति भएका गोरखा, धादिङ, लमजुङ, तनहुँ र सिन्धुपाल्चोकका भूकम्पपीडितलाई उहाँहरु आफै ती ठाउँमा गई रकम वितरण गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...