बुटवल, १५ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको चीन भ्रमण नेपालको दीर्घकालीन आर्थिक विकासका लागि कोसेढुङ्गा सावित भएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज बुटवलमा आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रीय हिन्दुत्व जागरण सभालाई सम्बोधन गर्दै उहाँले भ्रमणका क्रममा चीनसँग गरिएका सबै सम्झौताले नेपालको आर्थिक विकासमा नयाँ आयाम थपेको बताउनुभयो ।
पार्टीका अध्यक्षसमेत रहेका थापाले पार्टीका मुद्दालाई संविधानले नसमेटेकाले आफ्नो दलले मात्रै संविधानको विपक्षमा मतदान गरी मुद्दा स्थापित गराउन जनतामाझ आएको स्पष्ट पार्नुभयो । संविधान जारी भइसकेपछि त्यसलाई मान्नु सबैको कर्तव्य भएको र राप्रपा नेपालले पनि सोही कर्तव्य निर्वाह गर्दै संविधानमा भएका अन्तरवस्तुमा विमती राखेर जनतामा आएको उहाँको भनाइ थियो । उहाँले जनमतको माध्यमबाट हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गराएरै छाड्ने अठोट व्यक्त गर्दै हिन्दु राष्ट्र स्थापित नहुदाँसम्म आन्दोलवाट विश्राम नलिने समेत प्रष्ट पार्नुभयो ।
No comments:
Post a Comment