Monday, March 7, 2016

अमेरिकामा नायक दिलिप रायमाझी “नेपाली नृत्य” सिकाउदै

अमेरिकामा ऊच्च-शिक्षा पि० एच० डी० गरेका डाक्टरसाप् हरुलाई  चलचित्र नायक दिलिप रायमाझीले “नेपाली नृत्य” सिकाई रहेका छन् l
फार्मसी बिषयमा नेपालकै पहिलो पि० एच० डी० डाक्टर श्याम कार्की र म्यारिल्याण्ड राज्यको
मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक ड़ा० भिम कट्टेललाई कान्छो छोरो सरहको ऊमेरका तन्नेरी  दिलिप रायमाझीले प्रत्येक हप्ता / आईतबार आईतबार बुढाहरुलाई ब्रुक ब्रुक ऊफ़ार्दै नचाई रहेका छन् l
बाल्टिमोर शहरमा रहेको “एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो” नाम गरेको नेपाली तेक्वान्दो स्कुलमा “बाना” का निबर्तमान अध्यक्ष बिजय श्रेष्ठ, “बाना” का बर्तमान प्रथम ऊपाध्यक्ष अनु वन्त, “बाना” कै अर्का ऊपाध्यक्ष सतिश चापागाई, जन सम्पर्क समिती-अमेरिकाका संस्थापक-सदस्य तरुण पौडेल, म्याग्दी-समाजकी जेनी तुलाचन लगायत नेपाली संघ/संस्थाका करिब दुई दर्जन जती नेपालीले  नायक दिलिप रायमाझीसंग नियमित रुपमा “नेपाली नृत्य” सिकिरहेका छन् l
बयस्कहरुको यो समुहको साथै, अमेरिकामै जन्मेका नेपाली बालबालिकाहरुको
अर्को ३ वोटा समुहहरुलाई पनी दिलिप रायमाझीले नियमित रुपमा “नेपाली नृत्य” सिकाई रहेका छन् l
अमेरिकामै जन्मेका नेपाली बच्चाहरुले नेपाली कला,संस्कृती सिक्न पाईरहेका छन् भने
बयस्कहरुको चाहिं स्वास्थ्यमा राम्रो सुधार भईरहेको कुरा प्रशिक्ष्यार्थीहरुले बताए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...