Saturday, March 5, 2016

सारा संसारले सम्पन्न गर्‍यो निशुल्क स्वास्थ्य शिबिर

ss6

फाल्गुन २२ शनिबार
सारा संसार नामको एक गैर-सरकारी संस्थाले सुमेरु ग्रुप (अस्पताल) शुभ संकल्प बचत तथा ऋण सहकारी संस्था, भिम उच्च माध्यमिक बिद्यालय, गाबिस थानकोट, स्वास्थ्य चौकी थानकोट समेतको प्रत्यक्ष सहयोग र सहभागितामा नि-शुल्क स्वास्थ्य सेवा शिबिर सम्पन्न गरेको छ । शिबिरबाट करिब ५०० भन्दा बढी ब्यक्तिहरुको स्वास्थ्य परीक्षण र सेवा पुर्याएको आयोजक संस्थाले जनाएको छ ।

ss5
संस्थाकी अध्यक्ष सारीका लामाद्वारा सो कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण स्थानिय ब्यक्ती-संस्था र सेवा प्रदान गर्नुहुने सबै प्रति बिशेष गरी सुमेरु ग्रुपको अध्यक्ष भरत महर्जन, एच. आर. दाहल, शुभ संकल्प वचत तथा ऋण सहकारी संस्था का अध्यक्ष मधु सिग्देल, नेपाल प्रहरी थानकोट, भिम उच्च माध्यमिक बिद्यालय परिवार, गा बि स सचिब सरस्वती भारती, थानकोट चेकपोष्टका स्वास्थ्य चौकी प्रमुख कृष्ण अधिकारी र सबै चिकित्सकहरु लाई धन्यवाद ज्ञापन गरिएको जनाइएको छ ।

ss4
सारा संसार-आयोजक
सहयोग-सुमेरु हस्पताल
सह आयोजक-शुभ संक्लप वचत तथा ऋण सहकारी संस्था

ss3 ss2 ss1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...