Friday, March 25, 2016

कैलालीका चार गाविस पूर्ण खोप गाविस घोषणा हुँदै

धनगढी, १३ चैत । कैलाली जिल्लाका थप चार गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्ने निर्णय जिल्ला खोप समन्वय समितिको बैठकले गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीमा शुक्रबार बसेको समितिको बैठकले यही चैत १४ गते प्रतापपुर, १५ गते धनसिंपुर, १८ गते बसौटी र २० गते गदरिया गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित गाविसका स्वास्थ्य चौकीले पूर्ण खोप गाविस घोषणा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेकाले यी गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्न लागिएको हो ।

राष्ट्रिय खोप तालिकाअनुसार १२ देखि २३ महिनाका बालबालिकामा सुलभ सर्वेक्षण गर्दा सबैले एक वर्षभित्र डिपिटी, बिसिजीलगायत ११ प्रकारका खोपको मात्रा पूरा गरेको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी यस्तो गाविस, नगरपालिका वा जिल्लालाई खोपको सुनिश्चितता भएको दर्जामा राखिन्छ ।

बैठकमा वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले जिल्लाका सबै गाविस र नगरपालिकालाई पूर्ण खोप बनाउने कार्यमा सरोकारवालाको सहयोगको खाँचो रहेको बताउनुभयो ।

खोप निरीक्षक मोहनबहादुर सिंहले सरोकार राख्ने निकायबीच सहयोग र समन्वय खाँचो आँैल्याउनुभयो ।

यसअघि कैलाली जिल्लाको मुनुवा, निगाली, साविक गेटा र श्रीपुर गाविस तथा जानकीनगर गाविसलाई पूर्ण खोप गाविस घोषणा गरी सकिएको छ ।

आगामी वर्ष (सन् २०१७) सम्म देशलाई पूर्ण खोप राष्ट्र घोषणा गर्ने सरकारको लक्ष्य रहेको छ । अहिलेसम्म देशभरका ३३ हजार गाविस, ३० नगरपालिका र १६ जिल्ला पूर्ण खोप घोषणा भइसकेको खोप निरीक्षक सिंहले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...