Friday, March 4, 2016

राप्तीपारि क्षेत्रमा एम्बुलेन्स सेवा

ambulanceबाँके (खजुरा), २२ फागुन । राप्तीपारि क्षेत्रमा पहिलो पटक एम्बुलेन्स सेवा सुरु भएको छ ।

सांसद विकास कोषको रु १० लाख १० हजार सहयोगमा गङ्गापुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवले शुक्रबार एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष शालिकराम यादवलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

अब राप्तीपारि क्षेत्रका फत्तेपुर, बिनौना, बैजापुर, गङ्गापुर, मटेहिया, लक्ष्मणपुर, नरैनापुर, कालाफाँटा, कटकुइया गाविसका बासिन्दाका लागि बिरामी पर्दा उपचारका लागि झेल्दै आएको समस्या ठूलो हदसम्म समाधान भएको छ ।

राज्यमन्त्री यादवले राप्तीपारिका सबै स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो– “अहिलेसम्म एउटा एम्बुलेन्स पनि राप्तीपारि थिएन, यो सुरुआत मात्र हो, सबै स्वास्थ्य चौकीमा एम्बुलेन्स उपलब्ध गराउन म पहल गर्नेछु ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...