Tuesday, March 8, 2016

अपाङ्ग छात्र गणेशलाई सम्मान

खोटाङ, २६ फागुन । दुवै हात नभए पनि बिलक्षण प्रतिभा भएका खोटाङ काहुले–६ का छात्र गणेश राईलाई सम्मान गरिएको छ ।

अपाङ्ग भए पनि सवलाङ्गसरह प्रगति गरिरहनुभएका राईलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आजोजना गरिएको कार्यक्रममा सम्मान गरिएको हो ।

दिक्तेल बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छात्र गणेशलाई जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्य र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिको प्रोत्साहन र सम्मानका लागि राईलाई महिला तथा बालबालिका कार्यालयले सोमबार सम्मान गरेको हो ।

विसं २०५१ मा जन्मनुभएका गणेशका दुवै हातको कुहिनोमुनिको भाग छैन । हात पूर्ण नभए पनि कुहिनोमाथिको भागको सहाराले उहाँ हरेक काम गर्न सक्नुहुन्छ ।

गणेश बाबु काजीमान र आमा जयकुमारी राईको साँइला सन्तान हुनुहुन्छ । विशिष्ट क्षमता भएका राईले हरेक चिजको चित्र जस्ताकोजस्तै उतार्ने गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...