Friday, March 4, 2016

पूर्वाञ्चल चलचित्र पत्रकार संघमा राई

IMG_6698

फागुन २१ पथरी

चलचित्र पत्रकार संघ पूर्वाञ्चलको प्रथम अधिवेशनले सन्तोष राईको अध्यक्षतामा आज नयाँ कार्य समिती चयन गरेको छ ।

IMG_6699

मोरङको उर्लाबारीस्थित श्री सगरमाथा साकोसको सभाहलमा भएको अधिवेसनले उपाध्यक्षमा सन्जु राई,सचिबमा नरेन्द्र बस्नेत,सह—सचिवमा बीरेन्द्रकुमार शाह र कोषाध्यक्षमा तेजन खड्कालाई चयन गरेको छ । यस्तै,सदस्यहरुमा रमेश तिवारी,सपनी राई,मनोज श्रेष्ठ,ऋषि राई कबिराज घिमिरे चयन भएका छन् ।

IMG_6712
संघका केन्द्रिय अध्यक्ष शान्तिप्रिय, कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकाल लगायत चर्चित नायिका रेखा थापाको समेत उपस्थिति रहेको पूर्वाञ्चल भेलामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

IMG_6727 पूर्वाञ्चलमा रहेर कला मनोरञ्जन वीटमा लामो समयदेखि कलम चलाउने पत्रकार मिलन के राउत, पूर्वाञ्चलमै पहिलो पटक चलचित्र निर्माण गर्ने प्रेम शेर्मा माङजाबुङेलाई प्रसंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

IMG_6737 सम्मानितद्वयलाई विशेष अतिथि एमम् कार्यक्रमकी मुख्य आकर्षण रेखा थापाले दोसल्ला ओढाएर सम्मान गरिन भनें प्रमुख अतिथि एवम् चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष शान्ति प्रियले प्रसंसा पत्र प्रदान गरे । समारोहमा केन्द्रीय अध्यक्ष शान्तिप्रियले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै पूर्वाञ्चलको चलचित्र पत्रकारिता नयाँ कार्यसमिति गठन भएसँगै तिव्र हुने अपेक्षा गरे ।

IMG_6758 त्यस्तै केन्द्रीय समितिका उपाध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थालाई चुस्त तवरले अगाडि बढाउन नयाँ कार्यसमितिलाई आग्रह गरेका छन् । कार्यक्रममा उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवाष श्रेष्ठले अधिवेश सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका अध्यक्ष सन्तोष राईलेले आगामी दिनमा पूर्वाञ्चलको चलचित्र पत्रकारिताको विकासका लागि लाग्ने बताएका छन् ।

IMG_6828 उनले पूर्वाञ्चल चलचित्रको लागि उर्भर भुमी भएकोले चलचित्र पत्रकारितामा धेरै संभावना रहेको बताए । उनले वर्तमान समयमा संस्थालाई अगाडि लैजान चुनौती भएपनि संभावना अझै बढि भएको उल्लेख गरे । कार्यक्रमको अन्त्यमा अतिथिहरुलाई पूर्वाञ्चल अध्यक्ष राईले मायाको चिनो प्रदान गरेका थिए भने अधिवेशन सफल बनाउन सहयोग गर्ने दाताहरुलाई प्रसंसापत्र समेत प्रदान गरिएको थियो । उक्त अवसरमा गायक समिर बिक,मिलन श्रेष्ठ र गायिका सृष्ट्रि हिङमाङले गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

IMG_6837

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...