काठमाडौ, २५ फागुन । लैंगिक समानताका लागि पाईला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी भन्ने नाराका साथ आज नेपालमा पनि १०६औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदैछ । हरेक वर्ष मार्च ८ का दिन विश्वभर मनाइने यो दिवस नेपालमा पनि सरकारी तथा गैरसरकारी क्षेत्रहरुले भव्यताका साथ मनाउने गर्दछन् । महिला अधिकार प्राप्ति, सशक्तिकरण र समानताका सवालमा केन्द्रीत भएर आज विशेष कार्यक्रमहरु हुने गरेका छन् । यो दिवस सन् १९०८ को मार्च ८ का दिन अमेरिकाको शिकागो शहरमा महिलाहरुले समान अधिकारको माग लिएर महिलाहरुले हड्ताल, जुलुस प्रदर्शन गरेका थिए । त्यो दिन महिला अधिकार मागको आन्दोलनको संझनामा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना दिएका छन । शुभकामना वक्तव्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवाधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकी छिन । महिलाको विद्यमान अवस्थालाई उठाउनका लागि समावेशीकरण, सशक्तीकरण, मूलप्रवाहीकरण, क्षमता विकास, सुरक्षा, संरक्षणजस्ता आयामलाई एकीकृत रूपमा अगाडि बढाउन जरुरी रहेको उनको वक्तव्यमा भनिएको छ । सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले धेरै हदसम्म महिलाको हकहित र सरोकारलाई समेट्ने प्रयास गरेको गरेकाले यो सुखद् उपलब्धिलाई सदुपयोग गर्दै संवैधानिक प्रावधान अनुकूल कानुन, नीति र संरचना तयार गरी कार्यान्वयन गरेर मात्र महिला विकासको अवधारणालाई सुनिश्चित गर्न सकिने पनि बताईन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले अख्तियार गरेको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबैलाई एक भएर लाग्न आह्वान गरेका छन । १०६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेपालको संविधानले महिलाको प्रजनन स्वास्थ्य तथा हिंसा एवम् विभेदविरुद्धको एकताको मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गरेका छन । सन्देशमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा महिलासँग सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन अनुसन्धान गरी त्यस्तो कानुनमा सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई सुझाव दिइने उल्लेख छ । महिलाविरुद्धको हिंसाको मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले पाँचवर्षीय लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९’ कार्यान्वयनमा ल्याई केन्द्र तथा स्थानीयस्तरमा विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको सन्देशमा भनिएको छ । सन्देशमा महिला सशक्तीकरणका लागि नेपाल सरकारका प्रयासलाई अझ सशक्त पार्न यस क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी, निजीक्षेत्र तथा नागरिक समाजलाई आआफ्नो स्थानबाट योगदान पु¥याउन प्रधानमन्त्रीले आह्वान गरेका छन ।
सभामुख ओनसरी घर्तीले पनि मार्च ८ को अवसरमा शुभकामना सन्देश दिँदै व्यवस्थापिका–संसद्बाट बनाउनुपर्ने कानुन अधिकतम समतामूलक समाज निर्माणको पक्षमा गराउन र अधिकार प्राप्तिको अभियानमा महिलाहरू अझै चनाखो भई अघि बढ्ने विश्वास व्यक्त गरेकी छिन । उनले सङ्घ, प्रदेश र स्थानीय तहमा समावेशी प्रतिनिधत्व संरक्षण गर्ने, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनैपर्ने, स्थानीय निकायमा महिलाको अनिवार्य प्रतिनिधित्व लगायत थुप्रै महिलामैत्री व्यवस्था उपलब्धिका रुपमा संस्थागत भएको बताउँदै संविधानले दिएको अधिकार कार्यान्वयनका लागि दबाव दिने वर्षका रुपमा यो दिवस मनाउन सबैलाई आग्रह पनि गरेकी छिन ।
यसैगरी महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले पनि शुभकामना दिदै महिलाका क्षेत्रमा धेरै सुधार भएको उल्लेख गर्दै सहस्राब्दी विकास लक्ष्यका लैंगिक समानता सम्बन्धी सूचकहरुमा नेपालले उल्लेखनीय प्रगति हासिल गरेको बताउनु भएको छ । तर अझै प्रगति गर्न बाँकी रहेकाले घरदेखि राज्य सबै लाग्नु पर्ने बताएका छन ।
Tuesday, March 8, 2016
आज १०६औं अन्तर्राष्ट्रिय नारी दिवस – राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतको शुभकामना
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment