बेइजिङ्ग, १२ चैत ।चीनमा सन् २०११ देखि २०१५ सम्म भएको प्राकृतिक प्रकोपबाट प्रत्येक बर्ष एक हजार पाँच सय व्यक्तिको मृत्यु भएको नागरिक मामिला मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
सो प्रकोपबाट उक्त समयावधीको प्रत्येक बर्ष ३१ करोड व्यक्ति प्रभावित भएको जनाइएको छ ।
यसैगरी यस प्रकोपबाट प्रत्येक वर्ष ९० लाखभन्दा बढी व्यक्ति विस्थापित भएको बताइएको छ । यस प्रकोपका कारण ७ लाख घर ध्वस्त भएको जनाइएको छ ।
प्रत्यक्ष रूपमा पाँच बर्षभित्रमा यस प्राकृतिक प्रकोपबाट ५८.३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानीे भएको जनाइएको छ ।
सन् २०११ देखि सन् २०१५ सम्मको समयमा भएको मानवीय हताहती सन् २००६ देखि २०१० को तुलानामा ९३ प्रतिशतले कमी आएको पनि जनाइएको छ ।
No comments:
Post a Comment