Tuesday, March 22, 2016

होलीमा झेली गर्ने दुईसयभन्दा बढी पक्राउ

काठमाडौँ, ९ चैत । होली पर्वका अवसरमा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले आज काठमाडौँ उपत्यकाबाट २२६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, महानगरीय ट्राफिक महाशाखाबाट खटिएको टोलीले उच्छृङ्खल गर्दै हिँडेको भन्दै काठमाडौँबाट १३३, ललितपुरबाट ८३ र भक्तपुरबाट १० जनालाई पक्राउ गरेको हो ।

जथाभावी रुपमा लोला हान्दै हिँडेको र उपत्यकाका विभिन्न स्थानमा प्रहरी चेकिङका क्रममा मादक पदार्थ सेवन गरी लापर्बाही गरी सवारी साधन चलाएको भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै ट्राफिक नियम उल्लङ्घन गरी हिँडेका एक हजार ४३२ वटा मोटरसाइकल तथा गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...