Wednesday, March 9, 2016

च्यापिएर मृत्यु

बनेपा, २६ फागुन । काभ्रेपलाञ्चोकको उग्रतारा गाविस जनागाल–७ मा भूकम्पका कारण चर्केको घर भत्काउने क्रममा गारोले च्यापिएर आज पनौती नगरपालिका–२ की नगिना लामाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले उपचारका लागि अस्पताल लगेपछि मृत्यु भएको हो । उनीसँगै पुरिएर घाइते अवस्थामा रहेकी पनौतीकै १६ वर्षीया मनीषा लामाको स्थानीय शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...