अमेरिका, लस एन्जल्स, ८ मार्च / नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया , लस एन्जल्स च्याप्टरको आज मार्च ८,२०१६मा १०६औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना गरिएको छ ।
आगामी दुई बर्से कार्यकालको लागि शारदा श्रेष्ठको अध्यक्षतामा अमृता गैरे उपाध्यक्ष, सचिव रिता पौडेल,कोषाध्यक्ष प्रभा निरौला, सदस्यहरूमा जुन्ता विन, माया श्रेष्ठ , सपना चाकुबजी,उमा बस्नेत ,अमिता पौडेल, कल्पना पौड्याल र मनिता योगी गरी ११ जनाको कार्यसमिति चयन भएको छ भने सल्लहाकार समितिमा उमा कार्की थापा, संगिता लम्साल शिवाकोटी, तारा गुरुङ र लता घिमिरे रहेका छन् । यसै गरी संस्थाको मिडिया कोअर्डिनेटरमा डोल्मा लामा लाई राखिएको छ ।
यस सञ्जालले महिलाहरूको हकहित र अधिकारको लागि पृथक्, सृजनात्मक एंव आम महिलाहरूको आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधिहरू गर्ने जानकारी नवगठित सञ्जालका अध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन ।
Wednesday, March 9, 2016
नेपाली महिला विश्व सञ्जालको लस एन्जल्स च्याप्टर गठन
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment