Saturday, March 26, 2016

केजरीवाल विश्वका प्रसिद्ध नेताको सूचीमा

12718319_1017855278301432_213930224013235684_n

न्युयोर्क,१३ चैत । दिल्ली का मुख्यमन्त्री तथा आम आदमी पार्टी प्रमुख अरविन्द केजरीवाल ‘फच्र्युन म्यागेजिन’ द्वारा गरिएको सर्वेक्षणमा वर्तमान समयमा विश्वका प्रसिद्ध ५० नेताको सूचीमा ४२ औँ स्थानमा पर्न सफल भएका छन् । उक्त सूचीमा प्रथम स्थानमा अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ फेजोज छन्।
उक्त पत्रिकाको सर्वेक्षणमा केजरीवाल भारतबाट वर्तमान् समयमा प्रसिद्ध ५० औँ विश्वनेताको सूचीभित्र पर्ने एक मात्र व्यक्ति हुन्।
फच्र्युनले आफ्नो अध्ययन प्रतिवेदनमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले दिल्लीलाई विश्वको सबैभन्दा प्रदूषित सहरका रुपमा घोषणा गरेपछि केजरीवालले प्रदूषणलाई कमी गर्ने अभियानस्वरुप दिल्लीमा गुड्ने सार्वजनिक यातायातमा जोर बिजोर यातायात सञ्चालन गर्ने ‘पाइलट प्रोजेक्ट’ (कार्यक्रम) लागू गर्ने घोषणा गरेका थिए।
यसलाई महत्वाकाङ्क्षी तर असम्भव कार्यक्रम भनी कतिपयले टिप्पणी गरेका थिए।
यो कार्यक्रमपछि दिल्लीको प्रदूषण १३ प्रतिशतले कम भएको र यसबाट दिल्लीवासीलाई राहत मिलेको फच्र्युनले जनाएको छ।
विश्व प्रसिद्ध नेताको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल दोस्रो नम्बरमा परेकी छन् भने म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी तेस्रो स्थानमा छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...