Sunday, March 27, 2016

कालो पर्दाका पछाडिका शक्तिहरु

dev khanal

हामी नेपाली मनका धनी, तनका धनी हुदाहुदै गरिबीको संज्ञा लिएर बस्नु परेको छ l देशमा शासन गर्ने साशक वर्ग स्वार्थी , लालची आफु मात्र सुखको अनुभूति गर्ने जनताको समयस्यालाई बेवास्था गर्ने तत्काल बिबादको समाधान नखोज्ने कारणबाट आज देश भताभुङ्ग, लथालिङ्ग भएको छ l जनताको ब्यालेट र बुलेट बाट सत्तासिन भएका दुवै सक्ति जनताका समस्यालाई समाधान गर्नका लागि चाहना नै गर्दैनन् यो नै बस्ताबिता हो l

सत्ताशिन भएका पार्टीका नेताहरु नै पराधीन स्वीकारमा आफनो भलो देखेका छन् ! नेपाली जनताको संघर्ष बाट प्रप्त बहुदलीय ब्यबस्थाबाट एउटा मात्र कुरा प्राप्त गर्न सक्यो त्यो हो वाक स्वतन्त्रता l अन्य सामाजिक अधिकार , सम्पति आर्जन गर्न पाउने अधिकार , सबैका लागि शिक्षा अधिकार ,सबैका लागि रोजगार अधिकार सबै कागजी खोस्टामा मात्र सिमित रहन गएको छ l एक सक्षम नागरिकको हैसियत बाट देशमा भएको बिकृति लाई हटाउन सबै नेपाली बाट समयमा सचेत हुन अति जरुरि छ l

समाजका समपन्न वर्ग हिजो पनि चैनमा थियो आज ४ गुणा मस्तीमा छ l राज्यको धिकुटिमा दशैँ मनाउनेहरु नै नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भन्ने गर्छन जो भगवान प्रति विश्वास छैन जसले दिन रात सरकारी सम्पति लुटेर मस्तीमा रमाएको छ उसै लाई मन्दिरको आवस्कता छ l कम्निस्ट शिधान्तमा जातियताको अस्थिवलाई स्वीकार गरिदैन त्यसलाई जातीय राज्यको अवास्कता यो कस्तो बिडम्बना हो l आफनो कर्म बाट सम्पति आर्जन गर्नु भन्दा सरकारी ढिकुटी लुटन सजिलो देखने हरु आज देशमा राजतन्त्र चाहियो भनेर गोहीका आशु बगाउछन् l

जो व्यक्ति मानब अधिकार प्रति विश्वास नै गर्दैन आफु मात्र सक्षम छु भन्ने घमण्ड गर्ने व्यक्तिहरुनै आज सहरमा मानब अधिकारको वाकत गर्छन l यो कालो पर्दाका पछाडिका सक्तिहरु लाई नेपाली जनताले छुट गर्ने अवस्था दिनु हुदैन l

हिजो राज्य र दुन्द्ध पक्ष बाट १७००० जनता मारिए यो त सरकारी तत्य मात्र हो अरु कति जनताले मृत्युबरण गएका छन् लेखजोखा छन् l आज गाउ बस्तीमा युवा, पिता छैन आमा एकलै रोहि रहेकी छिन् l आफना सन्तान लाई २ छाक खान खुवान सकेकी छैनन् ! दुन्द्धमा परेर बचेका युवा अपाङ्गहरु आज मृत्यु लाई कुरेर बस्नु परेको छ l

रगतको कुण्डमा रमाएर सत्ताशिन हुन पुगेका माओबादी पार्टी सत्तमा पुगेको भोलि पल्ट देखि नै जनता बिर्शेर सत्ताको सुबिधामा रमाउन थाले l र आपसी झगडाको कारण पार्टी नै फुट्यो आज तिही नर पिसाज नेपालको नया सक्ति पार्टी खोलेर निर्लज्ज घुमी रहेको छ भने पिसाजको पछाडी समाजमा नेता बन्ने रहर बोकेका मगजमा धमिराको बास भएका फोहोरीहरुको जमातलाई बोकेर नया सक्ति को हुंकार गरेका छन् l यो भन्दा घटिया अरु के नै हकत गर्न सक्छ ! यो बास्तबिकता लाई सबै नेपाली जनताले बुज्नु पर्ने बेला आएको छ l

सक्ति सपन्न राष्ट्र भनेर चिनिएको इन्डिया जहाँ मानब अधिकार सुनिस्चत छैन जहाँ राष्ट्र आफु मात्र धनी छ जनता भोकै मर्नु पर्ने बद्यता लाई कसले देखेको छ l आफनो देशका जनताको समस्या लाई समाधान गर्न नसक्ने छिमिकी राष्ट्र प्रति कुदृस्ती राख्नु लाई जंगलका सबै काला भैसी मेरै हुन् भन्नु भैसी गोठालो को संज्ञा दिदा चित्त दुखाउनु हुदैन ! इन्डिया बाट नेपाल प्रति हेर्ने दृस्टीकोणमा परिबर्तन गर्न भैसी गोठालोलाई होइन आफु परिबर्तन भएमा गोठालो आफै ठेगानमा आउछ भन्ने कुरा लाई मनन गरेर नया सोचमा अगि बढेमा देशमा आर्थिक विकास सम्भब छ l

इन्डियन राजदुत बाट नेपालमा सामाजिक सद्बब भड़कौ लाई प्रोत्साहन गर्न मदेशी लाई उकशाव्ने हर्कत गरेको सत्य प्रमाण फेला पारेमा राजदुतबास नै नराख्ने हैसियत राख सक्नु पर्छ l नेपालको अन्तरिक मामलामा हस्तछेप गर्ने जोकोही होस् देश निकाला गर्नु नै उत्तम विकल्प हो ! देश रक्षाका लागि नेपाली जनता जगरूप छौ भन्ने कुरा छिमेकि इन्डिया लाई देखाउने समय आएको छ l जय नेपाल l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...