Thursday, March 24, 2016

​नेहा पुनको जस्तै अर्को घटना, यौन सम्पर्क राख्न नमान्दा भेनिशा लिम्बुको हत्या

नेहा पुनको जस्तै अर्को घटना, यौन सम्पर्क राख्न नमान्दा भेनिशा लिम्बुको हत्या

सामुहिक रूपमा यौन सम्पर्क राख्न अस्वीकार गरेपछि भेनिशा लिम्बुको हत्या भएको खुलेको छ।

धनकुटा स्थायी ठेगाना भएकी काठमाडौंको कपनमा बस्दै आएकी २० वर्षकी भेनिशा लिम्बुको हत्या गरी नगरकोटमा लगेर फालिएको प्रहरीले पत्ता लगाएको छ।

भेनिशा लिम्बुको शव फागुन १४ गते भक्तपुरको नगरकोटमा भेटिएको थियो।

प्रहरीले हत्यामा संलग्न मोरङको पथरी-३ घर भई हाल थली बस्ने १९ वर्षीय साजन राई, बौद्धका २८ वर्षीय शनि लामा र बौद्धकै २४ वर्षीय सजित लामालाई पक्राउ गरेको छ। यस्तै नाम नखुलेका एक अभियुक्त फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...