Tuesday, March 8, 2016

महिला अधिकारका लागि अहिलेको संविधान ऐतिहासिक: उपप्रधानमन्त्री थापा

kamal thapaकाठमाडौँ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले महिला अधिकार संरक्षणका लागि अहिलेको संविधाने ऐतिहासिक कार्य गरेको बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले १०६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान जारी भएपछि राष्ट्रपति, उपसभामुखजस्ता गरिमामय पदमा महिलाले नेतृत्वको गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

परराष्ट्रमन्त्री थापाले स्थानीय निकायमा प्रत्येक वडामा दुई जना महिलाको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था गरेकाले पनि सो सङ्गठनले महिला सशक्तीकरणका माध्यमबाट देशभरका प्रत्येक वडामा आवश्यक जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला सङ्गठनका अध्यक्ष एवम् सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीले सभ्य समाज निर्माणका लागि महिलामाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताउँदै राज्यका नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्ने सुझाव दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...