Sunday, March 27, 2016

अमेरिकामा ८० औं वासु शशी जयन्ती कार्यक्रम मनाइयो

नेपाली साहित्यका मूर्धन्य साहित्यकार वासु शशीको ८०औं जन्म जयन्ती अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा मनाईयो । सो अवसरमा नेपाली दूतावासका इकोनामिक काउन्सिलर कैलाश राज पोखरेलले प्रमुख अतिथिको आसनवाट वोल्दै साहित्यकार वासु शशीको जन्म जयन्तीका अवसरमा आफू सँलग्न हुन पाएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै वासु शशीको चिनारी नयाँ पुस्तालाई दिन तथा उहाँको योगदान प्रकाश पार्न कार्यक्रम सफल भएको वताउनु भयो । वासु शशीको तस्वीरमा फूलमाला अर्पण गरी शुरु गरिएको सो समारोहमा वासु शशीको जीवनको अन्तिम २ वर्ष उहाँको लेखन कर्ममा सहयोग पु¥याउने साहित्यकार शिव लामिछानेले अन्तरँग संस्मरण तथा वासु शशीमाथि रचना गर्नु भएको कविता वाचन समेत गर्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...