टोकियो, २१ फागुन । जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ ।
काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताउनुभयो । अस्पतालले हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।
साइतामाको निशिउरावामा काम गर्न गएकी ढकालले बिहीबार साँझ एक्कासि मुटु दुख्यो भनेपछि कम्पनीको गाडीमा ओमिया अस्पतालमा उपचारका लागि लगिएको थियो । मृतक ढकालका श्रीमान् खेमराज १९ वर्षीय एक छोरा र १७ वर्षीया छोरी जापानमै छन् । छ बर्षअघि कुक भिसामा जापान आएका श्रीमान् खेमराज विगत पाँच महिनायता बेरोजगार भई नयाँ काम खोजिरहेका छन् ।
यसैबीच पारिवारिक अवस्था कमजोर भएको भन्दै मृतक ढकाल परिवारले जापानवासी नेपालीसँग सहयोगको आग्रहसमेत गरेको छ । रासस
Saturday, March 5, 2016
प्रकाश कोइरालाको पत्रः सुजाता र संशाकलाई हराएमात्र वीपीको सम्मान हुन्छ
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment