Tuesday, March 29, 2016

मलाई डिसीबासि नेपाली समुदाय बीच गीत गाउन पाउँदा हर्ष लागेको छ र उत्साहित पनि छु :प्रख्यात गायिका आनी छोइङ डोल्मा

ani 1

फुलको आँखामा फूलै संसार बाट हरेक नेपालीको हृदयमा बास बस्न सफल भएकी सुमधुर स्वरकि धनि आनी छोइङ डोल्माको सांगीतिक कार्यक्रम आगामी अप्रिल २ तारिख शनिबार वाशिंगटन डिसीमा हुदैछ l र सो कार्यक्रमको लागि आनी डिसी आई पुग्नु भएको छ l

डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज संग कुराकानी गर्ने क्रममा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई केहि भन्न चाहनु हुन्छ भने जिज्ञासामा डिसीबासि नेपाली समुदाय बीच गीत गाउन पाउँदा आफुलाई हर्ष लागेको बताउनु भयो l

र अमेरिकाको राजधानी वाशिंगटन डिसीमा गाउन मौका मिलेकोले आफुलाई आनन्द लागेको बताउदै नेपाली समुदायको उपस्थितिमा ले झन् आफु उत्साहित भएको आनी छोईङ्गले बताउनु भयो l

अमेरिकाको व्यस्त जीवनमा समय व्यवस्थापन गरि नेपाली दाजुभाई दिदीबहिनी सबैले प्रोत्सहान गर्नु हुने छ भन्ने आफुलाई लागेको बताउनु भयो lआनी भन्नु हुन्छ मेरो कार्यक्रम नेपाली नै आयोजना गर्ने भएकोले नेपाली समुदायले अझ सहयोग गर्नु हुने भन्ने आफुलाई लागेको बताउदै हौशला बढाई दिनु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लागेको बताउनु भयो l

नेपाली समुदाय आई मेरो कार्यक्रम हेरे मलाई निको लाग्ने छ l वहाले अगाडी भन्नु भयो आफुले केहि आध्यात्मिक चिन्तनका कुरा सुनाउन पाए आनन्दको अनुभूति हुने थियो भन्नु भयो l डिसीबासिलाई केहि बिशेष संदेश दिन चाहनु हुन्छ भन्ने सवालमा आफ्नो मान्छे (नेपाली )ले गरेको कार्यक्रम सफल होस् भन्ने मेरो चाहना हो आनी छोइङ डोल्माले भन्नु भयो l वहाले अगाडी भन्नु भयो मेरो गित सुन्न बिदेशीहरु पनि निकै आउने गरेको स्मरण गराउदै तर अमेरिकामा नेपाली समुदाय संग आफुले कार्यक्रम कम गर्न पाएको छु भन्नु भयो l

डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई मिल्छ भने आफु र परिवार सहित पाल्न आग्रह गर्नु भएको छ l आफु गायिका को साथै समाज सेवी पनि हु भन्दै आफुले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गरि रहेको बताउनु भएको छ l

आनीले समाज सेवाको लागि मेरो गायिकिलाई उपयोग गर्दै आर्थिक श्रोत जुटाई आफुले काम गरि रहेको बताउनु भयो l हामीले यस पटक न्युयोर्क र वाशिंगटन डिसीमा मात्र सांगीतिक कार्यक्रम गर्नु भयो तर भबिष्यमा नेपालीहरुका घना वस्ती भएका राज्य तथा शहरमा कार्यक्रम गर्न सक्नु हुन्छ भन्ने जिज्ञासामा समय व्यवस्थापन गरि अमेरिकामा आउने बताउनु भयो l

आनी छोइङ्ग गत मार्च २० तारिख मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाउनु भएको थियो l वहालाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो l संयुक्त राष्ट्रसंघको महासभाको ईतिहासमा मै प्रथम पटक नेपाली गायिकाको आनीले गाउनु भएको थियो l

युनिसेफकी सद्भाव दूत समेत रहेकी आनी छोइङको कार्यक्रम वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप(अडीटोरिएम)मा कार्यक्रम हुने भएको छ l

ANI poster DC

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...