काठमाडौँ, १८ वैशाख । युवाहरुले भ्रष्टाचारविरूद्धको अभियान सुरु गरेका छन् । ‘युवा अघि सरुन्, भ्रष्टाचारी जेल परुन्’ भन्ने मूलनाराका साथ सुरू भएको अभियान मुलुकका ७५ वटै जिल्लामा सञ्चालन गरिनेछ ।
देश विकासका लागि भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र त्यो भ्रष्टाचार अन्त्य गर्न युवा नै सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै देशैभरि भ्रष्टाचारसम्बन्धी विभिन्न कार्यक्रम गरेर जनचेतना फैलाउने अभियानकर्मी जीवन थपलियाले बताए ।
लियो क्लब अफ काठमाडौँ, मार्गदर्शनले आयोजना गरेको सो अभियानको आज उद्घाटनपछि पत्रकार रवीन्द्र मिश्र, पूर्वसभासद् शान्ता चौधरी र पूर्व मुख्यसचिव लीलामणि पौडेलले देश नबन्नुको मुख्य कारण भ्रष्टाचार भएको हुँदा सबैभन्दा पहिले भ्रष्टाचारको अन्त्यका लागि पहल गर्न सबैसँग अपिल गरे । सो अभियानमा करिब ५० जना युवाको सहभागिता रहेको छ । रासस
Saturday, April 30, 2016
‘युवा अघि सरुन्, भ्रष्टाचारी जेल परुन्’
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment