Tuesday, April 19, 2016

यस डभस पकनक ड अमरकम नपल समहदवर झक परदरशन

12805853_1763844737235485_4873482662378939123_n

बुद्ध नेपाल शान्ति अभियान क्यालिफोर्निया द्वारा गत अप्रिल १६, शनिबार बिहान अमेरिकाको एक ऎतिहासिक युसी डेभिस पिकनिक (परेड) डे २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै शाक्यमुनि गौतम बुद्धको जन्मभूमि नेपाल भन्ने सन्देशका साथ नेपाली मौलिक कला सस्कृतिको झाँकी प्रदर्शन गरेर विश्व सामू नेपाल र नेपालीको पहिचान गराए।

12974527_1175209522503229_6211081043748069362_n

१९०९ देखि बार्षिक रुपमा आयोजित उक्त युसी डेभिस महोत्सवमा सयौको सँख्यामा विभिन्न संघसंस्था, ब्याबसाय र स्कुलका बिद्यार्थीहरुले आ-आफ्नो कला र प्रतिभाको झाँकी प्रदर्शन गरेका थिए भने करिब २ घन्टाको उक्त महोत्सव हेर्न हजारौको सँख्यामा दर्शकहरुको भिड थियो।

12998458_1763844500568842_7638242921360397857_n

संस्थाका अध्यक्ष डा. किशोर शेरचन, उपाध्यक्ष चिनकाजी श्रेष्ठ र महासचिव सुनिल कर्णिकारको बिशेष सकृयतामा नेपालको तर्फबाट भाग लिएको उक्त महोत्सवमा बे-एरियाका संघसंस्थाका अध्यक्ष साथै प्रतिनिधिहरुको पनि सहभागी थियो।

13010596_1763844770568815_5928892754442803146_n

नेपाली समुहद्वारा नेपाली झन्डा, अमेरिकन झण्डा र शान्तिको झण्डा साथै गौतम बुद्धको तस्बिर भएको संस्थाको ब्यानर र लुम्बिनी नेपाललाई चिनाउने कार्डहरु बोकेर मौलिक नेपाली लाखेनाँच त्यस्तै मैलिक नेपाली भेषभूषामा सजिएर नेपालको कला संस्कृतिको झाँकी प्रदर्शन गर्ने क्रममा ठाउँ ठाउँमा ठुल्ठुल्ला बाटोभरि सजाएका स्पिकरबाट आदरपूर्ण भावले शाक्य मुनि बुद्धको ठाउँ नेपाल भनेर नेपाली समुहलाई चिनाउँदा श्रद्धाका तालीले नेपाल र गौतम बुद्धप्रति सम्मान गरेका थिए।

13051646_1763844513902174_9018666948866869035_n

नेपालका राष्ट्रिय विभूति गौतम बुद्ध र नेपालको कला संस्कृति नेपाललाई विश्व सामु स्थापित गर्ने एक ठुलो माध्यम हुन भन्ने प्रमाण उक्त युसी डेभिस महोत्सवले साबित गरेको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...