Saturday, April 2, 2016

अमेरिकामा जन्मेका दोश्रा पुस्ताले आनी छोइङलाई फुलको आँखामा फूलै संसार सुनाए

IMG_8406

अमेरिकाको भ्रमणमा रहेकी सुप्रख्यात गायिका आनी छोइङलाई अमेरिकामा जन्मेका दोश्रा पुस्ताले आनी छोइङलाई उनको सु प्रसिद्ध गीत फुलको आँखामा फूलै संसार सुनाएका छन् l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको सेन्टरभिलमा नेपाली महिला स्वयम् सेवक द्वारा स्थापित गरिएको नेपाली पाठशालामा आनी छोइङ डोल्माले भ्रमणको क्रममा सोहि पाठशालामा अध्ययनरत बिद्यार्थीले सुनाएका हुन् l

व्यस्त समयको बाबजुद पनि समय निकालेर उक्त पाठशालामा आई केहि कुराहरु राख्दै आफुले बालबालिकाका लागि रचेको हाँसको बच्चाको गित सुनाईन l र उनले यसरि नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने काम विदेशमा हुनु राम्रो हो भन्दै अभिभावकलाई बिसेष धन्यवाद दिएकी थिइन् l

DSC06691

कार्यक्रममा पाठशालाका प्रधानाचार्य बिष्णु खरेलले स्वागत गर्दै आनी लाई समर्पित गर्दै एउटा छोटो सदेश पढेर सुनाए l कार्यक्रममा आनीलाई खादा ओढाई स्वागत गरिएको थियो l कार्यक्रममा पाठशालाकि अध्यक्ष बिना लामा खड्का ,शिक्षक ,समाजसेवी तथा अभिभावकको घुईचो लागेको थियो l

गायिका आनी संग तस्बिर खिचाउन र उनको हस्ताक्षर लिन बालबालिका तथा अभिभावकको घुइचो लागेको थियो l उनको साथमा आज साँझमा हुने उनको एकल सांगीतिक प्रस्तुतिका आयोजक सुरेश सापकोटा पनि रहेका थिए l

DSC06650

DSC06731

DSC06683

DSC06653

DSC06823

DSC06724

DSC06702

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...