Tuesday, April 19, 2016

चनलई कनदरबनद बनएर भकमप नपलम पन धकक महसस

earthQu_chinaताप्लेजुङ, ८ बैशाख । चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको छ । राति ११ बजेर सात मिनेटमा गएको भूकम्पको धक्का चीनसँग सीमाना जोडिएको ताप्लेजुङ सहित पूर्वका अधिकांस जिल्लामा समेत महसुस गरीएको थियो ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ, सिमाना नजिकैको ओलाङ्चुङगोला, लेलेप, पापुङ गाविसमा भूकम्पको धक्का महसुस गरीएको स्थानियले बताएका छन् । भूकम्प जानसाथ सदरमुकामका स्थानिय घर बाहिर निस्किएका थिए ।

केहि सेकेण्ड मात्र गएको भूकम्पको केन्द्रविन्दु जमिन भन्दा नजिकै रहेकाले भूकम्पको धक्का नेपालको पूर्वि क्षेत्रमा समेत महसुस गरीएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

अहिले सम्म भूकम्पको कारण भएको क्षतिको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...