Sunday, April 3, 2016

फिदिमवासी दुई हप्तादेखि अन्धकारमा बस्न बाध्य

पाँचथर, २१ चैत । बिग्रिएको ट्रान्सफर्मर लामो समयसम्म पनि मर्मत नभएपछि पाँचथरको सदरमुकाम फिदिमवासी झन्डै दुई हप्तादेखि अन्धकारमा बस्न बाध्य छन् ।

गत चैत ७ गते लोड बढी भएर पड्किएको ट्रान्सफर्मर अहिलेसम्म मर्मत नभएपछि फिदिमवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । फिदिमका ३५० घरधुरीका ७०० परिवार अहिले अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत् आपूर्ति सञ्चालन नहुँदा बैंक तथा वित्तीय संस्था, साइबर, मोबाइल पसल, विद्युत्को भरमा सञ्चालन हुने पसल बन्द भएका छन् । विद्युत् आपूर्ति सञ्चालन नहुँदा जिल्लाका सञ्चारमाध्यम बढी मारमा परेका छन् ।

जिल्लामा ट्रान्सफर्मर मर्मत नहुने र मोरङको विराटनगर पु¥याउनुपर्ने हुँदा अझै केही दिन लाग्ने फिदिम साना जलविद्युत् परियोजना केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...