Tuesday, April 5, 2016

पाकिस्तानमा बाढीमा परेर कम्तिमा ६० जनाको मृत्यु

pakistanmap

काठमाडौ, २३ चैत । पाकिस्तानको पश्चिमी क्षेत्रमा भारी बर्षासंगै आएको बाढीका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । कम्तिमा ६० जनाको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । हिजोदखि निरन्तर परेको बर्षाका कारण सयांै नागरिक अलपत्र परेका छन् । अहिले पनि बाढी र बर्षामा फसेकाहरुको उद्धार कार्य जारी रहेको छ । केही ठाउँमा राहात वितरण पनि सुरु भएको छ । प्रि मनसुनका कारण आएको बर्षाले बाढी समेत निम्त्याएकाले सचेत रहन पाकिस्तानी मौसमविदहरुले नागरिकलाई आग्रह गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...