Tuesday, April 5, 2016

गाडीको झ्यालबाट टाउको निकाल्दा गयो ज्यान

रत्ननगर (चितवन), २३ चैत । चितवनको दारेचोकमा गाडीको झ्यालबाट टाउको निकाल्दा एक महिलाको आज ज्यान गएको छ ।

धादिङबाट पोखरा जान आउँदै गरेको ग१ख ६१८५ नम्बरको बसमा सवार एक यात्रुको झ्यालबाट टाउको निकालेका बेला ना४ख ४१४३ नंको ट्याङ्करले ठक्कर दिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनको दारेचोक–९ फिस्लिङमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा धादिङ सल्यानटारकी २३ वर्षीया नानुमायाँ परियार रहेको प्रहरीले जनाएको छ ।

झ्यालबाट टाउको निकालेका बेला ट्याङ्करले ठक्कर दिएर गम्भीर भएकी उनको उपचारका क्रममा आज दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...