Saturday, April 30, 2016

टेक्सासका विजयराज भट्टराई एएनए को उपाध्यक्ष निर्वाचित –

2

नेपालीहरुको अमेरिकामा रहेको सबैभन्दा जेठो संस्था असोसिएसन ओफ़ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को उपाध्यक्ष मा ड्यालस टेक्सास का विजयराज भट्टराई निर्बिरोध निर्वाचित हुनु भएको छ।

नेपाली समाज टेक्सास को निवर्तमान महासचिव भट्टराई बिगत ११ बर्ष देखि अमेरिका को ड्यालस टेक्सास मा बसोबास गर्दै आउनुभएको । पेशाले कम्प्युटर इन्जिनीयर भट्टराई समाज सेवा को अलावा आई टी प्रोफेसनल का साथै ‘नेपा आईटी’ कम्पनी का निर्देशक पनि हुनुहुन्छ।

Capture

हिजो अप्रिल २९ मा वसेको एएनएको केन्द्रीय बैठक ले नया बिधान अनुसार हालका उपाध्यक्ष डा. शम्भु ढुंगानालाई उपाध्यक्ष बाट बरिस्ठ उपाध्यक्ष मा निर्वाचित गरि रिक्त दुई उपाध्यक्षहरुमा विजयराज भट्टराई तथा खगेन्द्र अधिकारीलाई निर्बिरोध निर्वाचित गरेको हो।

सन १९८३ मा स्थापना भएको ए.एन. ए. उत्तर अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा ठूलो संस्था हो। यसले अमेरिका तथा क्यानाडा दुवै मुलुकमा नेपालीहरुको प्रतिनिधित्व गर्दछ। हाल पाच सय लाइफ मेम्बर रहेको यस संस्था ले नै अमेरिकामा नेपालीहरुको संस्थागत बिकाश को शुरुवात गरेको हो ।

यस संस्थाले हरेक बर्ष जुलाई मा नेपालीहरूको जमघट हुने सबै भन्दा ठूलो सम्मेलनको आयोजना गर्ने गरेको छ। त्यसैको क्रममा यस पटक अमेरिका को जोर्जिया राज्यको एटलान्टा शहरमा आगामी २०१६ को जुलाई १ देखि ४ सम्म सम्मेलन हुँदै छ ।

3

यस सम्मेलनमा विगतमा झैँ कल्चरल सो, कन्सर्ट, डी.जे. नाइट, ट्यालेन्ट सो गरिँदैछ । खेलकुदमा फुटबल, भलिबल, टेबल टेनिस र बास्केटबल समावेश गरिएको छ । युवाहरूको प्रमोट गर्ने योजना अनुसार मोडलहरुको लागि मिस्टर युएसए र मिस युएसए गरिदैछ ।

यस कार्यक्रममा सहभागी हुन नेपालबाट युबा नेतृत्वहरुलाई निमन्त्रणा गरिएको छ। जसमा नेपाली कांग्रेसका युवा नेता गगन थापा, प्रदीप पौडेल, एमालेका युवा नेता रविन्द्र अधिकारी तथा संचारकर्मी भुषण दाहाल आउदै हुनुहुन्छ।

1

ए. एन. ए को सम्मेलन यस अघि २००५ र २०१२ मा गरि दुई पटक ड्यालसमा भइ सकेको छ। जसमा २००५ को सम्मेलनमा तत्कालिन नेपाली समाज का अध्यक्ष गौरीराज जोशी तथा २०१२ मा ड्यालसका सफल ब्यापारी पासांग लामा शेर्पाको अगुवाइमा भएको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...