Saturday, April 2, 2016

एम्बुलेन्स र बस ठोक्किँदा दुई घाइते

राजविराज, २० चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजमा आज साँझ एम्बुलेन्स र बस ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् ।

लहानबाट धरानतर्फ जाँदै गरेको ना ३ च १०९० नंको एम्बुलेन्स र विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ४ ख ७०४३ नंको मितेरी यातायातको बस एकापसमा ठोक्किँदा एम्बुलेन्समा सवार लहान नगरपालिका–२ की ३३ वर्षीया जलमाया घिसिङ र अर्का नाम ठेगान नखुलेका एकजना पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घाइते दुवैजनालाई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको छ भने ठक्कर दिने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

डुबेर बालिकाको मृत्यु

यस्तै, आज दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय उत्तमलाल सदाकी सात वर्षीया छोरी जलसी सदा रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जलसीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...