Wednesday, April 27, 2016

रातो आँखाले हेरिएको “दलित” शब्द

Prem Bahadur Shahi

नेपालको इतिहासमा पहिलो पटक वि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित ग¥यो । त्यस लगत्तै १८ गते पूर्व राष्ट्रपति डा. रामवरण यादवद्धारा विधेयकलाई प्रमाणिकरण गरेपछि सो विधेयक नेपालको कानून बन्यो । त्यो नै नेपाली दलितहरुले गरेको करिव दर्शकौं लामो आन्दोलनको विजय भएको महशुस गरेका थिए । हिन्दु वर्ण ब्यवस्थाले गर्दा “अछुत” भनेर अपमानित, अपहेलित र न्याय नपाईरहेका लाखौं लाख दलितजातिले सो विधेक आफ्नो कानूनी अधिकार प्राप्त भनिएको थियो । “बा¥ह वर्षसम्म कुकुरको पुच्छर ढुङ्गामा च्यापे पनि बाङ्गाको बाङ्गै” भने जस्तै छुवाछुत सम्बन्धी जती कानुन बनाएपनि त्यसलाई ब्यवहारमा लागु नगर्ने हो भने जति बनाएपनि त्यसको औचित्य छैन ।

एक्काईशौं शताब्दीमा आएर पनि कतिपय अवस्थामा जातीयताको कारणले भोगेको सास्ती पनि अपवादबाहेक विद्यमान सामन्ती प्रशासन र अदालत तथा सम्पूर्ण न्याय प्रणाली दलितको पक्षमा खुलेर न्याय गर्न सकेको छैन । वास्तमा भन्ने हो भने दलितजातिहरुले खुलेर न्याय पाएको विरलै पाईने गरेको छ । इतिहासका विभिन्न कालखण्डमा दलितजातिहरुका अग्रजहरुले धेरै नै सास्ती भोगेका थिए । मुलुकी ऐन वि.स. २०२० ले सार्वजनिक स्थलमा भेद्भाव गर्न नपाईने र गरेमा दण्डनीय सजाय गर्ने ब्यवस्था गरेको थियो तर मुलुकिए ऐन बनेको पाँच दर्शक वितिसक्दा पनि विभेद्भको अन्त्य हुन सकेको छैन । अहिले पनि दलितजातिहरुलाई मठ, मन्दिर, कुवा, होटेल, स्कुल जस्ता विभिन्न सार्वजनिक स्थलहरुमा भेद्भाव गरी अपमानीत बनाउने गरिएको छ । कतिपय दुर्गम स्थानका विद्यालमा दलितजातिका छोरा छोरीलाई अगाडि नबसाली पछाडी बसाल्ने र अन्य जातिका छोरा छोरीलाई बेच्नमा र अगाडि बसालि दलितजातिका छोरा छोरीलाई भुइँमा र पछाडि बसाल्ने परिपाटीको कायमै छ । राज्यका सवै निकायमा अनिवार्य दलितजातिहरुको प्रतिनिधित्व हुने पर्ने बाध्यकारी ऐन बनेको भनिएता पनि जातीय छुवाछुत प्रतिको दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन । करिव दुई हजार वर्ष पहिले व्राम्हण राजा मनुको शासनकालमा वर्ण ब्यवस्था लागि छुवाछुत समेत लादियो त्यसवेलादेखि समाजका सवै भन्दा तल परेका श्रमजीवी जनतावीच फुट पार्न र शोषक वर्गीय कथित उच्च जातिय शासनलाई दीर्घजीवत गरेका थिए । वि.स. २०२३ साल अधिसम्म ‘दलित’ शब्दको प्रयोग संगठनको नाममा प्रयोग भैसकेको थिएनन ।

तर अहिले हाम्रो समाजमा वर्ण ब्यवस्था अनुसार ‘अछुत’ भन्ने अनगिन्ती जातलाई बनाईयो । देशको कुल जनसंख्याको एक चौथाई संख्या ओगटेका दलितजातिले हाम्रो समुदायमा अपहेलना किन गरियो ? केही मानिसनहरुको समाजमा आज उच्च जातिका कतिपय ब्यक्तिहरुको चेतनास्तर माथि उठेको भएता पनि उनीहरु ‘अछुत’ भन्ने शब्द उन्मुलन गर्न चाहन्छन तर परिवार गाउँ समाजबाट हेपिन वा आलोचित हुने भएकाले भेद्भाव उन्मूलनको अभियानमा सरिक हुन चाहाना राखेको देखिदैन । कुनै जमाना यस्तो थियो । जबकि कसैले जातपात, धर्म कर्म, रिती रिवाज, तथा परम्परालाई हिन्दु धर्म मुताविक कार्यान्वयन ग¥यो भने उसलाई समाजमा प्रतिष्ठत मानिन्थ्यो । अब त्यसको परम्पराको अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नु पर्दछ । अहिले पनि दलितजाति भन्ने मान्छेहरु घरभित्र बसे कुनै पनि उपभोग्य बस्तुहरु खाने ब्यक्तिलाई अपमानित गरिदैं आईरहेको छ । हामीले छुवाछुतको अन्त्यको कुरालाई सिद्धान्त कानून वा कुरामा मात्र सीमित रहन नदिएर ब्यवहारमा नै त्यसलाई अभ्यास गर्नु पर्दछ । जातीय भेद्भाव विरुद्ध अग्रसर ब्यक्ति तथा संस्थाहरुलाई समाजमा सम्मान गरेर अन्य ब्यक्तिहरुलाई पनि प्रोत्साहित गर्नु पर्ने हुन्छ । यद्यपी विद्यमान कुरीतिलाई मास्तिष्कबाट हाम्रो समाजले हटाउन सकेको छैन । मान्छे अखिर मान्छे सवै एउटै हुन, भन्ने चेतनाको विकास भएको छैन । अहिले पनि समाजमा ‘अछुत’ भन्ने शब्दलाई रातो आँखाले कर्के पारेर हेर्न गरिएको छ । विहान दलितजातिहरुको मुख देख्यो भने दिनभरीको काममा बाधा हुन्छ भन्ने प्रचलन अहिले पनि कायम छ । यो कस्तो प्रचलन हो ? दलितजातिहरुले करेसावारिमा गएर काम गरेका हुन्छन घर बनाउने, धुरीमा गई छानो लगाउनु हुन्छ, त्यहि दलितजाति घरभित्र पस्न नहुने जस्ता कामहरु प्रत्येक्ष हाम्रो आँखाले अहिले पनि देख्न पाईछ ।

मन्दिरमा राख्ने मूर्तिहरु कुद्ने ति नै दलितजाति हुन । गैरदलितजातिहरुको शरिरमा झकि झकाउँ गरी पहिरीएका गहनाहरु पनि त्यहि दलितजातिहरुले बनाएका हुन । खै त त्यसलाई ‘अछुत’ मानिएको ? दलितजातिहरुले पालेको पशुहरुको दूध धोएर खानु हुने तर त्यहि दलितजातिका मान्छेको हातले धोएको दूध खानु नहुने हाम्रो समाज कस्तो समाज हो यो ? दलितजातिहरुको हातले सिलाएका कपडाहरु लगाउनु हुने, दतिलजातिहरुले बनाएको हरियाले तरकारी काट्नु हुने, दलितजातिहरुको सवै सीपहरु चल्ने तर त्यहि दलितले सँगै बसेर खाना खानु नहुने । यो कस्तो विचित्र संस्कार समाज ? पछिल्लो समयमा दलितजाति भन्ने शब्दको विषयमा पनि तिव्र मद्भेद चलेको थियो । त्यहि शब्दलाई अंगालेर दलितजातिको मुक्तिको आन्दोलनमा यस्ता तर्क पनि वेलावेला कतिपयले उठाउने गरेका छन । दलितजातिले आफूलाई दलितजाति बताएकै कारण अत्याचार भएको होइन बरु अत्याचार गर्ने सामाजिक ब्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो । जुनवेला मजदुर किसान महिला जनजाती आदि कैयौ वर्ग वा जनसमूहहरु त्यस प्रकारको वर्गाीय शोष उत्पीडनको शिकार भएका छन । अवका दिनहरुमा दलितजाति र गैरदलितजाति बीचको मात्र जातीय छुवाछुतको अन्त्यको कुरा गरेर मात्र हुदैन समाजमा हुने सवै प्रकारका विभेदको अन्त्य हुन आवश्यक छ ।
लेखक दैलेखपत्र राष्ट्रिय दैनिकका प्रकाशक हुन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...