Monday, April 4, 2016

साढे एक करोडको अन्डा उत्पादन

रामपुर (पाल्पा), २२ चैत । जिल्लामा यस वर्ष रु एक करोड ५६ लाख बराबरको अन्डा उत्पादन भएको छ ।

उत्पादन भएको अन्डामा स्थानीय रु एक लाख ३० हजार र अन्य रु एक करोड ५४ लाख ४१ हजार बराबरको उत्पादन भएको हो । गत वर्ष स्थानीय रु एक लाख २६ हजार र अन्य रु एक करोड ५३ लाख ८० हजार गरी रु एक करोड ५५ लाख बराबरको अन्डा उत्पादन भएको पशु विकास अधिकृत डाक्टर चन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

जिल्लामा हाल स्थानीय र उन्नत गरी १२७ कुखुरा फार्म दर्ता भई अन्डा र मासु उत्पादन हुँदै आएको छ । जिल्लामा बर्सेनि २१ लाख १६ हजार ८०० अन्डा रुपन्देही, चितवन लगायत जिल्लाबाट आयात गरिँदै आएको रानाको भनाइ छ ।

“एक वर्षभित्रमा जिल्लालाई अन्डामा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक कुखुरापालनमा जोड दिएका छौँ” वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले भन्नुभयो । कार्यालयले कुखुरापालक किसानलाई खोर निर्माण, युवा स्वरोजगार कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...