Sunday, April 24, 2016

अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन ,४२ वटा पदक प्राप्त

kumar

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा अप्रिल २३ तारिखमा भएको २०१६ राष्ट्रिय खुला ते क्वान्दो प्रतियोगितात्मक प्रतिस्प्रद्धामा नेपाली खेलाडी तथा नेपाली मुलका निर्णायकले उत्कृष्टता प्रदर्शन गर्न सफल भएका छन् l

ते क्वान्दो २०१६ नेसनल क्यापिटोल ओपन प्रतियोगिता नामक प्रतिस्प्रद्धामा नेपालमा राष्ट्रिय तथा अन्तर राष्ट्रिय रुपमा नेपालको तर्फ बाट राष्ट्रको नाम राखी सकेका र हाल अमेरिकाका बिभिन्न राज्यहरुमा प्रशिक्षक तथा निर्णायक भै काम गरि रहेका एक दर्जन नेपालीले महत्वपूर्ण निर्णायकको भूमिका निर्वाह गरि नेपाल र नेपालीको नाम अमेरिकामा राख्न उनीहरुले कुनै कसर छोडेनन् l

kumar 5

मास्टर एच के लि एकडेमी अफ तेक्वानदोले आयोजना गरेको यो प्रतियोगिता अमेरिकाको पुर्व सिमामा हुने प्रतियोगितामा सबै भन्दा ठुलो प्रतिस्प्रद्धाको रुपमा चिनिन्छ l ते क्वान्दो २०१६ नेसनल क्यापिटोल ओपन प्रतियोगिता नेपालीमुलका निर्णायकहरुमा कुमार बहादुर कार्की ,कल्पना कार्की ,दिनेश श्रेष्ठ ,कृष्ण मुरारी ,कृष्ण बहादुर बलाल ,मनिता शाही ,राजु तिमिल्सिना ,प्रकाश थापा ,ओमकार बुढामगर ,सुरजन घर्तिमगर ,निमा धमला तथा राम चन्द्र केसी रहेका थिए l

दिनेश श्रेष्ठ अमेरिकामा भएको युएस ओपन प्रतियोगिता खेलको लागि अमेरिका आएका हुन् l उनले अमेरिकाको बिभिन्न राज्यहरुमा आधिकारिक निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् भने अर्को हप्ता नेपाल उड्ने उनले बताए l उक्त प्रतियोगितामा बाल्टिमोर स्थित एवरेस्ट वर्ल्ड क्लासको तर्फ बाट जम्मा २१ जना अमेरिकन मुलका तथा नेपाली मुलकाले भाग लिएको जानकारी एवरेस्टका अध्यक्ष तथा प्रमुख प्रशिक्षक कुमार कार्कीले बताए l उनीहरुले पुम्से र भिडन्त (स्पारिंग)मा २९ जनाले खेलेका थिए l

kumar 2

उक्त प्रतियोगितामा २९ वटा स्वर्ण ,रजत ७ र कास्य ४ गरि कुल ४० वटा पदक प्राप्त गर्न सफल भएको छ l एवरेस्ट वर्ल्ड क्लासका २१ जना खेलाडी मध्ये ९ जना नेपाली खेलाडीले भाग लिएका थिए l नेपाली खेलाडीहरुमा नेपाली राष्ट्रिय खेलाडी मनिता शाहीले भिडन्त (स्पारिंग)मा प्रथम र पुम्सेमा दोश्रो ,कृष्ण कार्की (स्पारिंग)मा प्रथम र पुम्सेमा पनि प्रथम भएका छन् l

यसै गरि उज्जवल थापा भिडन्तमा प्रथम ,एलेन शाही पुम्सेमा प्रथम र स्पारिंगमा दोश्रो ,सलिना खड्का स्पारिंगमा प्रथम र पुम्सेमा प्रथम ,हेमन छन्त्याल पुम्सेमा प्रथम र स्पारिंगमा दोश्रा स्थान प्राप्त गरेका छन् l
यसै गरि प्रनिमा आचार्य स्पारिंगआ प्रथम र पुम्सेमा तृतीय ,बिबेक छेत्री पुम्सेमा प्रथम र स्पारिंगमा दोश्रा भएका छन् l यसै गरि हेगन छन्त्याल स्पारिंगमा प्रथम र पुम्सेमा तृतीय भएका छन् l

kumar 14 kumar 10 kumar 11

kumar 3IMG_9135 IMG_9138 IMG_9141 IMG_9152 IMG_9165 IMG_9172 IMG_9173 IMG_9180 IMG_9184

यसै गरि ब्लाक बेल्ट(कालो फित्तधारी)को लागि १४ बर्ष मुनि समूहमा ग्रान्ड च्याम्पियन कृषा कार्की र वरिष्ट कालो फित्तधारी समुहमा १८ बर्ष माथि मनिता शाहीले ग्रान्ड पदक जितेकी छिन् l यसै गरि २०१६ को राष्ट्रिय क्यपिटोल ओपन प्रतियोगितामा एवेरेस्ट वोर्ल्ड क्लास ते क्वान्दो एकडेमी बाल्टिमोरले २९ पदक सहित प्रथम स्थान हासिल गरेको छ l २९ वटा मा प्रथम ,७ वटामा दोश्रो तथा ४ वटा तेश्रो स्थान हासिल गर्न सफलता को साथ ब्लाक बेल्ट समुहमा कनिष्ट र वरिष्ठ को स्पारिंगमा २ ग्रान्ड पदक सहित कुल ४२ वटा पदक प्राप्त गरेर समुह बिजेता समेत बनेको छ l

यसै गरि उक्त प्रतियोगितामा डिसीका कराते खेलाडी उज्ज्वल ठकुरीले स्पारिंगमा सहभागी भै प्रथम स्थान हासिल गर्न सफल भएका छन l उक्त प्रतियोगितामा प्रमुख प्रशिक्षक कुमार कार्की सहित ,मनिता शाही ,निमा धमला तथा अन्य मास्टरले समुह प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...