Tuesday, April 26, 2016

डा. शशांक कोइरालाको अमेरिका भमण र काँग्रेसी अलाप

10428071_10208553490384885_6022405717542912201_n

नेपाली काँग्रेस का महामन्त्री शशांक कोइराला हाल अमेरिका को भमण मा हुनुं हुन्छ।यसै सिलसिला मा जन सम्पर्क समिती भर्जिनियाको आयोजनामा उहा संग को अन्तरक्रियामा उपस्थित हुने मौका मिल्यो।

अन्तरक्रियाको सिलसिलामा मैले पनि बोल्ने अवसर पाए र अन्य मित्रहरुले पनि आ-आफ्नो विचार राख्नु भो।कार्यक्रममा बक्ताको रुपमा दुइ मिनेट समय स्पस्ट संग छुट्याइएको थियो तर अधिकांश बक्ताहरुले पुरानै अलापमा समय खर्च गर्नु भो। र हरेक बक्ता ले पशुपति नाथ मा प्रभुलाई ढोगे जस्तो गरि पुरातनबादी कांग्रसी भजन लाई निरन्तरता दिएको बेला डा. कोइराला को स्पस्ट बोलाई र उहाको विचारले सकारात्मक बाताबरण सिर्जना भएको भने अवस्य हो। र कांग्रस नेत्रित्वको यो इमान्दार खेमा लाई हार्दिक धन्यवाद दिन चाहन्छु l तर मैले यहाँ उल्लेख गर्न खोजेको कुरा भने फरक बिषयमा आधारित छ।

तेर्हौ महाधिबेशन पछि को काँग्रेस र कॉगेसी नेतृत्व छनोटलाइ नियाल्दा सन्तोष लिने ठाउ कदापी देखिन्न नत्र हिजो पटक पटक देश अनि पार्टी को नेत्रित्व मा पुगी देश र पार्टी दुवैलाइ भडखालोमा हाल्ने ले नै अधिक मत ल्याउनु ,महा भ्रष्टाचारी अनि गुण्डाराज लाई प्रसय दिनु को अर्थ नेपाली कांग्रेसस को महाधिबेसन प्रतिनिधि छनौट मै खोट छ l र काँग्रेस पार्टी अझै नैतिक धरातलमा उभिएको देखिन्न। समग्र कांग्रेसीजनमा यस्ता गम्भीर बिषयमा सोच्ने अनी दवावमुलक कार्यको थालनी कैले होला यो गम्भीर जनचासो र छलफल को बिषय हो।

डां कोईराला ले भने झै “जनता ले बिकल्प नपाएर काँड्गेस रोज़ेका हुन नत्र नेपाली जनताले कॉंग्रेसलाई बिर्सी सके ” के यो कथन बाट हामीले नसिक्ने ? अनी अर्कों धतलाग्दो कुरा डॉं कोईराला कै भनाईलाई नियाल्दा नेपाली “कॉड्गेस लाई पैसा ले होइन समाजबाद ले सहयोग गर्नुहोस” भन्नु ले पनी नेपाली कॉंग्रेस भित्र आन्तरिक ब्यबस्थापन को कमज़ोरी, नेतृत्वपनको हठ, र अप्रजातान्त्रिक संस्कार ब्याप्त छ भन्ने कुरा को उजागर गर्दछ।

त्यसैले सबै जिम्मेबार र सरोकार पक्ष जुन नेपाली कॉड्गेसको केन्द्र देखि क्षेत्र,जिल्ला ,गाउँ अनी संसार भर छरिएका जन सम्पर्क समितिहरूले सिक्नु अहिलेको टड्कारो आवश्यकता रहेको छ।

पदम राज रेग्मी ( [email protected]) नोट:-यो लेखक को आफ्नो ब्यक्तिगत बिचार हो भद्र प्रतिक्रियाका लागि लेखक सदैब स्वागत गर्दछ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...