Saturday, April 2, 2016

हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग नछाड्ने: उपप्रम थापा

Kamal_Thapaवीरगन्ज, २० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन हिन्दू धर्म र नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राप्रपा नेपालले छाड्न नसक्ने बताउनुभएको छ ।

राप्रपा नेपालद्वारा आयोजित हिन्दूत्व जागरण बृहत् जनसभालाई आज यहा“ सम्बोधन गर्दै उहा“ले भन्नुभयो – “सनातन हिन्दू धर्मको सम्वद्र्धन र नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउनका लागि आफ्नो पार्टीले सडक र सदन दुवैलाई सदुपयोग गर्ने नीति लिएको छ ।”

उपप्रधानमन्त्री, परराष्ट्र एवम् सङ्घीय मामला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले अत्यन्तै लोकतान्त्रिक विधि र प्रक्रियाबाट दुई तिहाइ बहुमतका आधारमा संविधान जारी गरेपछि आफ्नो पार्टीले सो संविधानलाई आलोचनात्मक समर्थन गरेको बताउ“दै लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी भएपछि त्यसलाई मान्दैनौँ भन्नु मूर्खता र गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नुमात्र हो भन्नुभयो ।

संविधानसभाबाट संविधान जारी गर्ने कार्य सहज नभएको उल्लेख गर्दै ३१ फरक विचार र ढिपी बोकेका दलहरू र विदेशी शक्तिको चर्को दबाबबीच साझा दस्तावेजका रूपमा संविधान तयार गर्नु चुनौतीपूर्ण कार्य भएको स्मरण गर्दै उहा“ले यो संविधानले विचारको विविधता र स्वतन्त्रतालाई सुनिश्चितता, दललाई प्रतिबन्ध नलगाउने व्यवस्था, आवधिक निर्वाचन र संविधान संशोधन गर्ने सहज र सरल व्यवस्थाको ग्यारेन्टी गरेको छ भन्नुभयो ।

“केही कमजोरी भए पनि हाम्रो संविधानले विश्वका प्रचलित मूल्य मान्यता बोकेकाले अत्यन्त अग्रगामी र प्रगतिशील बनेको छ”, अध्यक्ष थापाले भन्नुभयो – “नया“ संविधान जारी भएपछि अब मुलुक नया“ चरणमा प्रवेश गरेको छ, अब विगतमा जस्तो सङ्क्रमण र अस्थिरताको अवस्था छैन, अब हामी सबै मिलेर मुलुकको समृद्धिका लागि इमान्दारीपूर्वक कार्य गर्नुपर्दछ ।

उपप्रधानमन्त्री थापाले मधेसवादी दलहरुले उठाएको मुद्दा राजनीतिक मुद्दा हो, यसलाई वार्ता र संवादको माध्यमबाट राजनीतिक ढङ्गले नै निकास दिनुपर्नेमा जोड दिनुभयो ।

भौगोलिक सुगमता भए पनि मानवीय सूचकाङ्कका आधारमा तराई मधेसमा बसोबास गर्ने सीमाक्षेत्रका जनता अत्यन्त पछाडि परेको उल्लेख गर्दै उहा“ले यही वास्तविकतालाई दृष्टिगत गरेर सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नं २ मा पर्ने सीमा क्षेत्रका ११० गाविसमा सीमा क्षेत्र विकास कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

पा“च वर्षका लागि झन्डै रु पा“च अर्ब बिनियोजन गरिएको उक्त कार्यक्रमले शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा खर्च गर्ने पनि उहा“ले बताउनुभयो ।

राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भूमिसुधार मन्त्री रामकुमार सुब्बा, राज्यमन्त्री विक्रम थापा, सहायक मन्त्री दिनेश श्रेष्ठ, सङ्घीय मामला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती शाही, सहायक मन्त्री विराज विष्ट, पार्टीका महामन्त्री राजेन्द्र लिंग्देल र कोषाध्यक्ष उद्धव पौडेललगायतले पार्टीका अगामी कार्यनीतिका विधि पक्षमाथि प्रकाश पार्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...