Wednesday, April 20, 2016

अमरकम नपल समनहरक सबभनद ठल परदरशन हन

timthumb
अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्धन गर्ने तथा नेपाल र अमेरिका बीच व्यापार विस्तार गर्नका लागि अमेरिकाको न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी हुने भएको छ।अमेरीकामा विभीन्न पेशा व्यवसाय गरेर बसेका नेपालीहरुको संस्था वल्र्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट एलएलसीले अमेरिकाको न्यूयोर्क सहरमा नेपाली उत्पादनहरुको प्रबर्धनका लागि ३ दिने व्यापार मेला गर्ने भएको हो ।
 
नेपाल एक्जीबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ नाम दिइएको यो मेला विश्वबजारमा अहिलेसम्म भएका नेपालीहरु सामानहरुको प्रदर्शनी मध्ये अहिले सम्मकै ठूलो प्रदर्शनी रहेको आयोजक संस्था एलएलसीका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले बताए ।
 
‘अहिलेसम्म नेपालीहरुले नै निजी क्षेत्रबाट अन्तराष्ट्रिय बजारमा यति ठूलो प्रदर्शनी गरेको जानकारीमा आएको छैन’, उनले भने ‘अमेरिकामा हामीले यो काम सफल गर्न सक्यौँ, भने नेपालीहरुले विश्वबजारमा आफ्नो प्रदर्शनी गर्ने र बजार निर्माण गर्ने खुट्किलो हुन्छ । ’आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म मेला आयोजना गर्न लागिएको उक्त मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने आयोजकको योजना छ l 
 
यसको लागि समुह अहोरात्र खटिई रहेका छन् l यसको साथै यसलाई अझ व्यापक बनाउन न्युयोर्क राज्यका गभर्नर तथा नगर प्रमुख तथा अन्य सम्बन्धित निकाय संग व्यक्तित्वहरु संग भेटघाट गर्ने कार्यक्रम समेत रहेको बताईएको छ l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...