Friday, April 1, 2016

साठी प्रतिशत मुद्दा फछ्र्यौट

courtपोखरा, २० चैत । पुनरावेदन अदालत पोखराले चालु आवको हालसम्म कुल ५९.९४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

वार्षिक लक्ष्य र प्रगति सम्बन्धमा शुक्रबार यहाँ आयोजित समीक्षा कार्यक्रममा अदालतका रजिस्ट्रार खड्गबहादुर श्रेष्ठले कुल एक हजार ३१ मुद्दामध्ये सो अवधिमा ६१८ मुद्दा फछ्र्यौट भएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार यस अवधिमा ७०९ नयाँ मुद्दा दर्ता भएका थिए भने बाँकी ३२२ मुद्दा अघिल्लो वर्षको जिम्मेवारी सरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...