Tuesday, April 19, 2016

भरतम मयगनचयडक शकतशल भकमप जनसकन वजञनकक चतवन

काठमाडौं, ७ वैशाख । वैज्ञानिकहरुले भारत लगायत एसियाली राष्ट्रमा ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जानसक्ने चेतावनी दिएका छन् ।

आइतबार इक्वेडरमा गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि वैज्ञानिकहरुले एसियाली देशमा निरन्तर भूकम्प गइरहेको र त्यो ८ रेक्टरमाथि भएर बाहिर आउनसक्ने बताएका हुन् ।

भारतीय पत्रिका इण्डियन एक्सप्रेसका अनुसार एसियाली देशको भूगोलमा भूकम्पीय शक्ति सञ्चित रहेको र इक्वेडरको भन्दा शक्तिशाली भूकम्प जान सक्ने बैज्ञानिकहरुको चेतावनी छ ।

इण्डियन र चाइनिज प्लेटको टकरावले यस्तो खतरा बढेको र इण्डियन प्लेट चाइनिज प्लेटको तलपट्टी प्रवेश गरिरहेको तथ्य पनि उनीहरुले सार्वजनिक गरेका छन् ।

यहाँ सञ्चित शक्ति बाहिर निस्किँदा कम्तिमा ८ रेक्टर स्केल र त्यो भन्दा पनि ठूलो भूकम्प जानसक्ने र यसलाई भविष्यका लागि निकै ठूलो खतरा भनिएको छ । यद्यपी भूकम्प कहिले जान्छ भनेर भनिएको छैन् ।

यसअघि भारतमा केही महिनाअघि गएको भूकम्पबाट जनधनको क्षति भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...